ताजा समाचार

आेली सरकारका पाँच महिने उपलब्धी सार्वजनिक (पूर्णपाठसहित)

काठमाडाैं २८, साउन । केपी आेली नेतृत्वको सरकारले आज सोमबार पाँच महिने उपलब्धी सार्वजनिक गरेको छ ।

सरकारले घोषणा गरेको उपलब्धीमा सुन तस्करीको जालो छिन्नभिन्न पारेको देखि सबै खाले सिन्डिकेटको अन्त्य गर्न सरकार सफल भएको उल्लेख छ । त्यस्तै, छिमेकी मुलुक चीन र भारतमा भएको राजकिय भ्रमणका क्रममा भएका उपलब्धीहरु पनि यसमा समावेश गरिएको छ ।

सरकारले पाँच महिनाको अवधिमा ९० वटा तुइन हटाएको समेत उल्लेख गरिएको छ ।

आर्थीक सुशासन कायम गर्न सरकार सफल भएको भन्दै सार्वजनिक खर्चमा मितब्ययीता अपनाइएको समेत जनाइएको छ ।

नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सिमरा बर्दिबासु रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम सकिएको, मुग्लिनमा त्रिशुली नदीमा आर्कबि्रज अन्तिम चरणमा पुग्नुलाई पनि सरकारले उपलब्धीमा राखेको छ । नागढुंगामा सुरुङ मार्ग निर्माण हुनुलाई पनि सरकारको उपलब्धीको सूचीमा राखिएको छ ।

हेर्नुहोस् सरकारका उपलब्धी यस्ता छ्न्:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org