प्रहरी परिसरका प्रमुख पोखरेल: काठमाडौंको सुरक्षा व्यवस्था मजबुत भएकाले ढुक्क हुन आग्रह
त्रास देखाउने प्रयास मात्र हो, डराउनु पर्दैन
काठमाडौं २९, साउन । प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले काठमाडौंको सुरक्षा व्यवस्था मजबुत भएकाले ढुक्क हुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको दिन बिहानैदेखि उपत्यकाका विभिन्न स्थानमा भेटिएको बमले सर्वसाधारण त्रसित बनेरहेका बेला प्रमुख पोखरेलले निर्धक्क भएर हिँडडुल गर्न सर्वसाधारणलाई आग्रह गरेका हुन् ।
प्रमुख पोखरेलले न्युज-नेपाल सँग कुरा गर्दै अज्ञात समूहले मानिसहरुको पातलो उपस्थिति रहेको र सुनसान एरिया छानेर शंकास्पद वस्तु राखेकाले त्रसित हुनुपर्ने अवस्था नरहेको बताए ।
पाेखरेलका अनुसार, उपत्यकामा भेटिएका सबै स्थानका बम निष्क्रिय पारिएकाे छ । ‘कतिपय स्थानमा प्लास्टिकको झोलामा खतरा लेखिएको वस्तु देखिएकोमा ती सबै डिस्पोज भइसकेको छ’, पोखरेलले भने, ‘त्रास देखाउने प्रयास मात्र देखिएको छ । डराउनु पर्ने स्थिति छैन ।’
उनले राजधानीको शान्ति, सुरक्षा मजबुत बनाइएको बताउँदै व्यापक प्रहरी परिचालित भएको पनि बताए ।
प्रहरीले शंकास्पद वस्तु राख्दै हिँड्ने विप्लव समूहका दुई जनालाई पक्रेको छ । प्रमुख एसएसपी पोखरेलले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
आजको मौसम: बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...