ताजा समाचार

मकवानपुरमा स्कुल बसमा आगजनी

काठमाडाैँ २९ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ।

आज बिहान ६ बजे बसमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

भन्सार छुटाएर काठमाडौं लैजादै गरेको स्कुल बस आगलागीबाट पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ।

त्यस्तै हेटौँडा–११ नवलपुरमा शंकास्पद वस्तु फेला परेको छ । राजमार्ग अवरुद्ध गर्ने उद्देश्यले प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गैंडाकोटमा ट्रकमा आगजनी

बिहान करिब २ बजेतिर ना २ ख २५४८ नम्बरको पराल बोकेको ट्रकमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, आगलागी शुरु हुनासाथ प्रहरीले तत्कालै आगो नियन्त्रणमा लिएकाले  ट्रकमा धेरै क्षति हुन पाएन ।

आगलागीबाट ट्रकमा भएको पराल भने नष्ट भएको इलाका प्रहरी कार्यालय  गैंडाकोटले जनाएको छ ।

ट्रकमा आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org