ताजा समाचार

ललितपुरको कुपोण्डोलस्थित ब्यस्त सडकमा बम

ललितपुर २९, साउन । ललितपुरको ज्वागलस्थित व्यस्त सडकमा  प्रेसर कुकर राखेर ती समूह युएन पार्कतर्फ भागेको प्रत्यक्षदर्शीले बनाएका छन् ।

सो संकास्पद बस्तु  सडकमा राखिएसँगै ज्वागल क्षेत्रको यातायात प्रभावित बन्नुका साथै स्थानीय त्रसित देखिएका छन् ।

यसैबीच एकाएक बम राखेर अपरिचित समूह  भागेसँगै  घटनास्थल नजिकै गुड्दै गरेको बा८९प  ७४६९ नम्बरका स्कुटर चालक दुर्घटनामा परेका छन् । उनलाई सामान्य चोट लागेको बताइएको छ ।

नेपाली  सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुग्ने क्रममा रहेको बताइएको छ । विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका क्रममा ठाउँठाउँमा बम भेटिएकाले सो संकास्पद बस्तु पनि विप्लव समूहले नै राखेको आशंका गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org