ताजा समाचार

हँसिया प्रहार गरी भाइ र छोराको हत्या

रुकुम(पश्चिम) ३०, साउन । पश्चिमको मुसीकोट नगरपालिका १४ का एक व्यक्तिले आफ्नै छोरा र भाईको हँसिया प्रहार गरी हत्या गरेका छन् ।

मुसीकोट १४ लोरीबाङ लरेखेतका ३६ वर्षिय शंकर बिष्टले ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाई २० वर्षिय गोकर्ण बिष्टको हँसिया प्रहार गरी हत्या गरेका हुन् ।

त्यस्तै उनले हँसिया प्रहार गरी दुई छोराहरुलाई घाईते बनाएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । खड्काका अनुसार दुई वर्षदेखि मानसिक सन्तुलन बिग्रिएका शंकरले बुधबार बिहान छोरा र भाई माथि अन्धाधुन्ध हँसिया प्रहार गरेका हुन् ।

उनले आफै माथि पनि हँसिया प्रहार गरी आत्महत्याको प्रयास गरेको खड्काको भनाई छ । उनलाई नियन्त्रणमा लिएर जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

शंकरका घाईते दुई छोराहरुको पनि जिल्ला अस्पतालमा उपचार भैरहेको छ । दुई मध्ये एक छोराको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org