ताजा समाचार

यसरी भयो बाह्रबिसे बजार एकै रातमा बगरमा परिणत (हेर्नुहोस १० फोटो)

काठमाडाैं ३,भदाै ।    बाह्रबिसे–तातोपानी जोड्ने पुल बाढीले बगाएको छ । शनिबार राति भोटेकोशी बाढी बाह्रबिसे बजारमा छिरेपछि बाटोमा ढुंगा र बालुवा मात्रै छ । उक्त बजार बगरमा परिणत भएको छ । बाह्रविसे नगरपालिकाको केही वडा र भोटेकोशी गाउँपालिकासँगको सडक सम्बन्ध टुटेको छ ।

अबिरल बर्षापछि साँधीखोल्चामा आएको बाढी पुलमा थुनिदाँ बाह्रबिसे–तातोपानी जोड्ने पुल बगेको हो । गएराति पुल बगाए पछि बाह्रबिसे– तातोपानी सम्पर्क टुटेको छ ।

पुलमा ठूला ढुंगा आएपछि खोला थुनिएर बजारमा पसेको थियो । गएराती १० बजेतिर पुल बगाएको थियो ।

दुई दिनअघि नगरपालिकाको बाह्रबिसे र खुर्सानीबारी जोड्ने पुल भीरकुना र कोसिनडाँडा हुँदै आउने साँधीखोल्साले क्षतिग्रस्त भएको थियो ।

पहिरोले पुल छेउका ४ घर उच्च जोखिममा परेका छन् ।

बाह्रबिसेमा अहिले बाढी र पहिरोको त्रास वढेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले न्युज-नेपाललाई जानकारि  दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org