स्मार्ट कार्ड छाप्ने प्रिन्टर बिग्रिए, फेरि कागजकै लाइसेन्स दिने तयारीमा यातायात ब्यवस्था विभाग
काठमाडाैं ४, भदाै । यातायात व्यवस्था विभागमा रहेको अधिकांश स्मार्ट कार्ड प्रिन्टर बिग्रिएको छ।
विभागमा भएको ९ वटा प्रिन्टर मध्ये एउटा पहिलेदेखि नै बिग्रिएको थियो भने अरु पुराना ४ वटाले पनि काम गर्न छोडेको हो।
ति प्रिन्टरको आयु एक लाख कार्ड छाप्न सक्ने भएकोले पछिल्लो समय प्रिन्टरमा समस्या उत्पन्न भएको विभागका कम्प्युटर इन्जिनियर सन्तोष पोख्रेलले बताए।
‘पुराना प्रिन्टरमा समस्या आएको हो, यसलाई बनाए पनि फेरी बिग्रने सम्भावना उच्च हुन्छ’ उनले सेतोपाटीसँग भने। त्यस्तै गत असारको पहिलो हप्ता आएको ४ वटा प्रिन्टरले अझै राम्रोसँग काम गर्न सकेको छैन। विभागले तय गरेको मापदण्ड अनुसार प्रिन्टरले काम नगरेकाले प्रिन्टरको भुक्तानी समेत नगरिएको विभागले जनाएको छ।
चिप इन्कोडिङ (चिपमा विवरण भर्ने) र लेजर इन्ग्रेभिङ (कार्डमा विवरण लेख्ने) लगायतको काम अटोमेटिक हुनु पर्नेमा मेसिनले कार्ड सपोर्ट नगर्दा म्यानुअल्ली गर्नू परेको पोख्रेलले जानकारी दिए।
मेसिन आयातकर्ता कम्पनी मद्रास प्रिन्ट्सले २ महिना देखि विदेशबाट मेकानिक बोलाएर बनाउन लगाए पनि प्रिन्टर बन्न सकेको छैन। अहिले दैनिक ४ हजार लाइसेन्सको माग छ भने छपाई भने मुस्किलले ३ हजार मात्र छ। त्यस्तै ५ लाख चालक ट्रायल कटाएर लाइसेन्सको पर्खाइमा छन्।
विकल्प के छ त ?
विभागले यो आर्थिक वर्षमा मास प्रिन्टर ल्याउने तयारी गरेको छ। ठेक्का प्रकृयामा गएर मेसिन आइपुग्न धेरै समय लाग्छ।
५ लाख ब्याकलक हटाउन विभागसँग २ वटा विकल्प रहेको पोख्रेलले बताए। एउटा अस्थाई कागजी लाइसेन्स दिने र अर्को आउट सोर्सिङ अर्थात प्राइभेट कम्पनीलाई छाप्न दिने।
‘५ लाख चालक चिटको भरमा सवारी चलाउँदा ट्राफिक प्रहरीले पनि कठिनाई भोग्नु परेको छ’ उनले भने ‘मास प्रिन्टर नआउन्जेल अस्थाई कागजी लाइसेन्स दिएर केही समयलाई यो समस्या सुल्झाउन सकिन्छ।’
त्यस्तै कुनै प्राइभेट कम्पनीलाई लाइसेन्स छाप्ने जिम्मा दिएर पनि समस्या सुल्झाउन सकिने पोख्रेलले बताए।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
आजको मौसम: बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...