प्रभु बैंकको उच्च व्यवस्थापनमा थपिए दुई युवा बैकर , सीओओमा थकाली, सीसीओमा लम्साल नियुक्त
काठमाडौं । प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापनमा दुईजना थपिएका छन् । बैंक व्यवस्थापनमा प्रमुख पाँच शक्तिशाली पद मानिने चिफ अपरेटिङ अफिसर अधिकृत (सीओओ)मा दिनेश तकाली र चिफ क्रेडिट अफिसर (सीसीओ)मा निरज लम्साल नियुक्त भएका हुन् ।
सीओओ थकालीले भदौ १ गतेदेखि कार्यभार सम्हालेको प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचनले जानकारी दिए । सीइओ शेरचनका अनुसार सीसीओ लम्सालले भदौ ४ गतेदेखि कार्यभार सम्हालेका हुन् ।
थकाली यसअघि सांग्रिला डेभलपमेन्ट बैंकको डेपुटी सीइओ थिए । ३२ वर्षको उमेरमै तत्कालीन सांग्रिला डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका थकाली बागेश्वरी र सांग्रिला गाभिएपछि भने डेपुटी सीइओको भूमिकामा थिए ।
‘छुट्टा छुट्टै संस्थामा उच्च व्यवस्थापनमा रहेर सफलतापूर्वक काम गरेर प्रमाणित गरेका थकाली र लम्सालको आगमनले प्रभु बैंक अझ बलियो हुने र नयाँ उचाइमा पुग्ने विश्वास लिएको छु,’ शेरचनले क्लिकमाण्डूसँग भने ।
थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव समेत हुन् । उनले लण्डन स्कूल अफ इकोनोमिक्स, लण्डन, विश्व बैंक, वासिङ्गटन, हिडा, जापान, एआइटी, थाइलैण्ड, फिच्ट लर्निङ्ग, सिंगापुर लगायतका प्रतिष्ठित संस्थाहरुबाट बैंकिङ्ग तथा व्यवस्थापन सम्बन्धि विभिन्न विद्यामा अध्ययन तथा तालिम लिएका छन् ।
त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिलाबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैकिङ करियर शुरु गरेका थिए ।
त्यसैगरी, चिफ क्रेडिट अफिसरमा नियुक्त भएका लम्साल यसअघि नेपाल बंगलादेश (एनबी) बैंकको सिनियर म्यानेजर तथा कर्पोरेट अफिसको ब्राञ्च म्यानेजर थिए । लम्सालसँग १९ वर्षसम्म एनबी बैंकमा विभिन्न शाखको प्रमुख भएर काम गरेको अनुभव छ । पछिल्लो अढाई वर्ष उनी सिनियर म्यानेजरको रुपमा काम गरे ।
त्रिभुवन विश्व विद्यालयबाट एमबिएसम्मको अध्ययन पूरा गरेका लम्साल विद्यार्थी जिबनकालमै सन् १९९९ मा एनबी बैंकमा म्यानेजमेन्ट ट्रेनीको रुपमा काम गरेका थिए ।
थकाली र लम्सालले सीधै सीइओ शेरचनलाई रिपोटिङ गरे पुग्छ । तसर्थ यी दुबै पदलाई सीइओको विषेश सहयोगीको रुपमा लिइन्छ ।
सीइओ शेरचनले दुई जुझारु युवा बैंकरको आगमनले बैंकलाई नयाँ उचाइमा पुर्याउन ठूलो मद्दत पुग्ने बताए ।
‘छुट्टा छुट्टै संस्थामा उच्च व्यवस्थापनमा रहेर सफलतापूर्वक काम गरेर प्रमाणित गरेका थकाली र लम्सालको आगमनले प्रभु बैंक अझ बलियो हुने र नयाँ उचाइमा पुग्ने विश्वास लिएको छु,’ शेरचनले क्लिकमाण्डूसँग भने ।
तत्कालीन किष्ट र ग्राण्ड बैंकको व्यवस्थापनले जथाभावी प्रभाव गरेको कतिपय ऋणका उठाउन प्रभु बैंकलाई निकै सकस पर्यो । तर, शेरचन नेतृत्वको ब्यवस्थापनले किष्ट र ग्राण्डको खराब ऋण उठाएर बैंकलाई सही ट्र्याकमा ल्याइसकेको छ ।
शेरचनकै नेतृत्वमा प्रभु फाइनान्स कम्पनीले दुई ठूला वाणिज्य बैंक मर्जर तथा एक्वायर गरेर प्रभु बैंकको नाममा कारोबार गरिरहेको छ । तत्कालीन प्रभु फाइनान्सले किष्ट बैंकलाई गाभेर प्रभु बैंकको रुपमा कारोबार गरेको थियो । त्यसको केही वर्षपछि प्रभु बैंकले तत्कालीन ग्राण्ड बैंकलाई गाभेको थियो ।
तत्कालीन किष्ट र ग्राण्ड बैंकको व्यवस्थापनले जथाभावी प्रभाव गरेको कतिपय ऋणका उठाउन प्रभु बैंकलाई निकै सकस पर्यो । तर, शेरचन नेतृत्वको ब्यवस्थापनले किष्ट र ग्राण्डको खराब ऋण उठाएर बैंकलाई सही ट्र्याकमा ल्याइसकेको छ ।
‘किष्ट र ग्राण्डको खराब ऋण उठाएर बैंकलाई सही बाटोमा ल्याउन हामीलाई केही वर्ष लाग्यो,’ शेरचनले भने, ‘अहिले बलियो व्यवस्थापन टिम निर्माण भएको छ, अब बैंकले ग्रोथको स्पीड बढाउँछ ।’
प्रभु फाइनान्सले नेपालमा पहिलोपटक फाइनान्सले दुई वटा वाणिज्य बैंक गाभेर आफ्नो नाममा कारोबार गरेको हो । प्रभु बैंकमा प्रभु समुहको लगानी छ । प्रभु बैंकका अध्यक्षसमेत रहेका देवी प्रकाश भट्टचन प्रभु समुहका अध्यक्ष पनि हुन् ।
रेमिट्यान्स सेवा प्रदायक कम्पनी प्रभु मनि ट्रान्सफरबाट ब्यापारमा जमेको प्रभु समुहले अहिले प्रभु बैंक, प्रभु इन्स्योरेन्स, प्रभु मनि ट्रान्सफर, प्रभु हेलिकप्टर, प्रभु टिभी, प्रभु म्यानेजमेन्ट, प्रभु कोअपरेटिभ लगायतका सेवा क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेको छ ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक १४ दशमलव ८३ प्रतिशतले घट्यो
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १४...
-
राजस्व अनुसन्धान विभागकाे टाेली भैरहवा र नेपालगन्जमा, स्थानीय उद्यमी–व्यवसायीहरूसँग अन्तरकिया सम्पन्न
काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा भैरहवा,बुटवल,कपिलवस्तु,बाँके र वर्दिया लगायतका जिल्लाको राजस्व चुहावट,राजस्व अनुसन्धान कार्यालय बुटवल, कोहलपुरको अनुगमन...
-
आज राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै
काठमाडौं । आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै छ। असार १५ दही चिउरा...
-
नेप्सेमा ८ अंकको गिरावट, ऋणपत्रमा धमाधम लगानी
काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गिरावट आएको छ । साताको अन्तिम दिन नेप्से ८.२४ अंकले घट्ता अधिकांश लगानीकर्ता...
-
राजस्व अनुसन्धान विभागको सकृयता बढ्यो, राजस्व छलीका मालवाहक कन्टेनर र गाडीको विभागमा लाइन
काठमाडौं । राजस्व अनुसन्धान विभाग हरिहर भवन परिसरमा अहिले राजस्व छलि र चुहावट गरेका मालवाहक कन्टेनर र गाडीले भरिभराउ रहेका...
-
शेयर बजारमा दोहोरो अकंको गिरावट
काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबारदेखि मंगलबारसम्म बढेको शेयर बजार आज भने ओरालो लागेको हो...
-
आज बुधबार सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार र?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको...