ताजा समाचार

देश दाैडाहामा कांग्रेस महामन्त्री कोइराला,जोगाउलान त कोइराला परिवारको विरासत ?

काठमाडाैं ६,भदाै ।  नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बाँकेमा जिल्लाका नेता कार्यकर्तासंग भेटघाट गरेका छन् ।

भेटघाटको क्रममा कोइरालाले पार्टिभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यस्तै अवस्था रहेमा लोकतन्त्र कमजोर हुनुका साथै कम्युनिष्ट अधिनायकवादले आैपचारिक प्रवेश पाउने जनाएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेले गरेको पत्रकार सम्मेलनमा कोइरालाले पार्टी संगठनलाई एकताबद्द ढंगले अगाडि बढाउन सकिएन भने मुलुकको अस्तित्व नै संकटमा पर्ने भएकाले आम नेता कार्यकर्ताले कांग्रेसको नीति र बिचारलाई बुझेर यस्ता खाले गतिविधि बन्द गरिनु पर्ने तर्क पेश गरेका छन् ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले वर्तमान सरकारको मूल्याङ्कन गरी हाल्नुपर्ने समय भइसकेको छैन । तर, सरकारले मुलुकका सही दिशा दिन सकेको छैन बताएका छन ।यसैबीच, आजै नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सबैलाई मिलाएर लानुपर्ने दायित्व नेतृत्वको भएको जनाए ।

त्यस अवसरमा काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कार्यकर्ताले पनि एकअर्कालाई आरोप, प्रत्यारोप गरेर हैन आफूलाई पनि सच्याउनुपर्नेमा जोड दिएका थिए ।

भेलामा बाँके काँग्रेस सभापति किरण कोइरालालगायत सहभागी कार्यकर्ताले पार्टी सङ्गठन चलायमान नभएको, गुटबन्दी बढेको, पार्टी नेतामुखी भएको, कार्यकर्तालाई काम दिन नसकेकोलगायतका गुनासा राखेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org