कांग्रेस बिधान मस्याैदा समितिको बैठक पाैडेल पक्षले बहिस्कार
काठमाडाैं ८, भदाै । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको विधान मस्यौदा समितिको बैठक रामचन्द्र पौडेल पक्षधरका नेताहरुले बहिष्कार गरेका छन् । कांग्रेसले बिहीबार गठन गरेको विधान मस्यौदा समितिमा असन्तुष्टि जनाउँदै पौडेल पक्षका नेताहरु शुक्रबार बिहानको बैठकमा उपस्थित नभएका हुन् ।
पहिले ९ सदस्यीय बनाउने भनिएको समिति ११ सदस्यीय बनाइएको र आफ्नो पक्षका व्यक्तिहरु कम परेकोमा पौडेल पक्षले असन्तुष्टि जनाएका हुन् । बैठकमा सिटौला पक्षका प्रदिप पौडेलले भने काम विशेषले उपस्थिती हुन नसक्ने जानकारी गराएका थिए भने नवीन्द्रराज जोशी, दिलेन्द्र बडु उपस्थित भएका थिएनन् । पौडेल पक्षका मिनेन्द्र रिजाल भने बैठकमा उपस्थित थिए ।
महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय मस्यौदा समिति गठन भएको हो । समितिमा डा. मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक सदस्य छन् ।
शुक्रबार समितिका संयोजक एवम् पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले देशभरका सबै नेता, कार्यकर्ताको सुझाव लिएर विधान तयार पार्ने गरी औपचारिक छलफल गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले समितिको सदस्य सचिवको जिम्मेवारी पार्टी केन्द्रीय कार्यालय सचिव केशव रिजाललाई दिएको छ ।
भदौं अन्तिम साता बस्ने भनिएको पार्टीको महासमिति बैठकमा पेश गर्ने गरी कांग्रेसले विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको हो । कांग्रेस केन्द्रिय कार्य समितिको आजै बस्ने बैठकले महासमिति बैठकको मिति तय गर्ने बताइएको छ । मुलुक संघीयतामा गएपनि कांग्रेसले सोही अनुसारको पार्टी संरचना बनाउने विधान हालसम्म बनाउन सकेको थिएन ।
Comments
अरु समाचार
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
देशभर मनसुनी वायुको प्रभाव,केही प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले...
-
कांग्रेसले पदाधिकारीको बैठक बोलायो,नयाँ सरकारका बारेमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
देशका केही भागमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...