ताजा समाचार

जनता बैंकको शुन्य मौंज्दातमा खाता खोल्न सकिने ‘मेरो तलब खाता’

काठमाडौं ११,भदाै । जनता बैंकले मेरो तलब खाता संचालनमा ल्याएको छ।श्रम ऐनले सबै कर्मचारीको तलब अनिवार्य रुपमा बैंक खातामार्फत भूक्तानी गर्नुपर्ने प्रावधान ल्याएपछि बैंकले यो खाता संचालनमा ल्याएको हो।

बैंकका अनुसार शुन्य मौज्दातामा खोल्न सकिने र वार्षिक सात प्रतिशत ब्याज पाइनेछ।बैंकका अनुसार दैनिक मौज्दातमा त्रैमासिक ब्याज भूक्तानी, दुर्इ वर्षका लागि निशुल्क डेविट कार्ड, सात लाख रुपैयाँसम्मको निशुल्क दुर्घटना बीमा, दुर्इ लाख रुपैयाँसम्म एबिबिएस सुविधा र निशुल्क चेक स्टेटमेन्ट सुविधा दिइनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org