काठमाडौं महानगरमा सुरु भयो फ्रि वाईफाई
काठमाडाैँ १७,भदाै । काठमाडौं महानगरपालिकाले पशुपतिनाथ मन्दिर परिसरसहित ६ स्थानमा फ्रि वाईफाई सेवा सुरु गरेको छ ।
ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँग मिलेर महानगरले ६ स्थानमा फ्रि वाईफाई सेवा दिएको हो । फ्रि वाईफाई सेवाको आइतबार महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।
महानगरलाई निःशुल्क वाईफाई क्षेत्र बनाउन परीक्षण भइरहेको उनले बताए ।
‘इन्टरनेटको लत कहिले काहीँ समस्या बन्न सक्छ । फ्रि वाईफाई पाएँ भन्दैमा युवायुवती कामै छोडेर फिल्म हेर्नतिर लागे भने अभिभावकबाट गुनासो आउन सक्छ’ मेयर शाक्यले भने, ‘त्यसैले सम्भावित जोखिम हेरेर कसरी काम गर्ने भन्नेमा हामी सचेत छौं ।’
पशुपतिनाथ, बौद्ध, शंखपार्क, बालाजु बाइसधारा उद्यान, स्वयम्भु, बसन्तपुर हनुमानढोका दरबार क्षेत्रमा फ्रि वाईफाईको उपभोग गर्न पाइनेछ ।
चहलपहल बढी हुने क्षेत्रमा एक्सेस प्वाइन्ट र ब्याण्डविथ धेरै दिइएको छ भने कम भिडभाड हुने क्षेत्रमा थोरै छ ।
पशुपतिनाथ मन्दिर आसपासमा २०० देखि ७०० प्रयोगकर्ताले एकैपटक फ्रि वाईफाईको मजा लिनसक्नेछन् । बौद्धमा ४ वटा एक्सेस प्वाइन्टबाट २५० देखि ५००, शंखपार्कमा २ वटा एक्सेस प्वाइन्टबाट ५० देखि २०० प्रयोगकर्ताले एकैपटक फ्रि वाईफाई चलाउन सक्नेछन् ।
बालाजुमा ७ एक्सेस प्वाइन्टबाट २०० देखि ७००, स्वयम्भूमा ५ वटा एक्सेस प्वाइन्टबाट २०० देखि ३०० र बसन्तपुर हनुमानढोका दरबार क्षेत्रमा ९ वटा एक्सेस प्वाइन्टबाट ३०० देखि ५०० प्रयोगकर्ताले फ्रि वाईफाईको उपभोग गर्न सक्नेछन् । सबै क्षेत्रमा १० एमबिपिएस स्पिड दिइएको छ ।
महानगरपालिकाले सार्वजनिक उत्तरदायित्व अन्तर्गत विज्ञापनरहित हुने गरी वल्र्ड लिंकसँग ०७४ चैत्र १८ गते काठमाडौंका विभिन्न महत्वपूर्ण सार्वजनिक तथा धार्मिक स्थलमा फ्रि वाईफाई जडानका लागि सम्झौता गरेको थियो । ६० दिनभित्रै फ्रि वाईफाई सेवा जडान गर्ने भनिएपनि केही ढिला गरी थालिएको हो । महानगरका अनुसार वल्र्ड लिंकसँग ५ वर्षे सम्झौता गरिएको छ ।
कसरी चलाउने फ्रि वाईफाई
सेवा जडान भएका क्षेत्रमा स्मार्ट फोन प्रयोगकर्ता पुगेपछि सिस्टमले नेटवर्क भएको नोटिफिसन पठाउँछ ।
यसमा थिचेपछि एउटा पेज खुल्छ । पेजमा नाम र मोवाइल नम्बर भर्नुपर्छ । वल्र्ड लिंकका कार्यकारी निर्देशक विजय जलानकाअनुसार यसरी विवरण भरिसकेपछि सिस्टमले मोवाइलमा एउटा कोड पठाउँछ ।
त्यो कोड भरिसकेपछि वाईफाई चलाउन सकिन्छ । सेवामा सवैको पहुँच पुगोस् र दुरुपयोग नहोस् भन्नका लागि प्रयोगकर्तालाई एक पटकमा ३० मिनेट समय दिइनेछ । ३० मिनेट पुगेपछि सिस्टमले उसलाई त्यसदिनका लागि कनेक्सन हुनबाट रोक्नेछ । तर, उसका लागि अर्को एक्सेस प्वाइन्ट भने खुल्ला नै रहनेछ ।
महानगरको सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाका अनुसार एक जनाप्रयोगकर्ताले एकै दिनमा एउटै डिभाइस (फोन वा ल्यापटप) बाट सेवा लिँदा दोश्रो पटकदेखि इमेल ठेगानासमेत उपलब्ध गराउनु पर्नेछ । सुरक्षाका दृष्टि यसो गरिएको महानगरले जनाएको छ ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
आजको मौसम: बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...