ताजा समाचार

प्रदेश सरकारले दिएको विदाको अवज्ञा गरेको भन्दै प्रदेशमन्त्री आफैं धर्ना !

जनकपुर १७, भदाै     प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव नेपाल राष्ट्र बै‌‌कको क्षेत्रीय कार्यालयको मुल गेटमा धर्ना बसेका छन् ।

प्रदेश नं २ को सरकारले कृष्ण जन्मअष्टमीको अवसरमा आइतबारका लागि दिएको सार्वजनिक विदा अवज्ञा गर्दै खुला रहेको भन्दै राष्ट्र बै‌‌कको मुल गेटमा आन्तरिक मामिला तथा कानुन मन्त्री यादव धर्ना बसेका हुन् ।

जनकपुरस्थित नेपाल राष्ट्र बैंकका कार्यालय बिदाको दिन खुल्ला रहेकाले त्यसलाई बन्द गराउन पुगेका मधेशवादी पार्टीका युवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश सरकारको निर्णयलार्इ अवज्ञा गरेपछि आइतबार साढे १ बजे बैंकको कार्यालयको मूल गेटमा ताला लगाउने प्रयास गरेका दर्जनभन्दा बढी युवालाई प्रहरीले पक्राउ गरेको हो ।

रक्षाबन्धनको दिन पनि प्रदेश नं २ को सरकारले सार्वजनिक विदा दिएको थियो । उक्त दिन पनि राष्ट्र बैंकको जनकपुरस्थित क्षेत्रीय कार्यालय खुला रहेपछि मन्त्री यादवकै नेतृत्वमा गेटमा ताला लगाइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org