ताजा समाचार

शिक्षा शास्त्र संकायको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित

काठमाडाैँ १९,भदाै । शिक्षा शास्त्र संकायको पहिलो सेमेष्टर अन्तर्गत आजको मनोविज्ञान विषयको परीक्षा स्थगित भएको छ । परीक्षा सुरु हुनु अगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको हो ।

प्रश्नपत्र बाहिरिएको जानकारी प्राप्त गरेपछि शिक्षा शास्त्र संकायको डिन कार्यालयले परीक्षा स्थगित गरेको हो । देशभरका ३० वटा परीक्षा केन्द्रको परीक्षा स्थगित भएको शिक्षा शास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद गौतमले बताए ।

प्रश्नपत्र सामाजिक सञ्जालमा भेटिएकाले कुन केन्द्रबाट बाहिरिएको हो भन्ने विषयमा छानविन सुरु भएको गौतमले जानकारी दिए । परीक्षा स्थगित भएपछि परीक्षा केन्द्रमा पुगेका विद्यार्थी घर फर्केका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org