ताजा समाचार

उपत्यकाका तीन स्थानमा स्मार्ट पार्किङस्थल बन्दै

काठमाडाैँ २१,भदाै ।    काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको धर्मपथस्थित जग्गामा स्मार्ट पार्किङ निर्माण गर्न इच्छुक कम्पनीसँग आशयपत्र माग गरेको छ ।

त्यस्तै दरबारमार्ग र न्युरोडस्थित असन इन्द्रचोकतर्फ जाने सडकमा मोबाइलबाट समयसीमा जानकारी लिन मिल्ने गरी दुई स्थानमा डिजिटल पार्किङ बनाउने योजना अघि बढाएको छ ।

लामो समयको अध्ययनपछि कामपाले धर्मपथमा निजी, स्वदेशी तथा विदेशी कम्पनीसँग महानगरले आशयपत्र माग गरिसकेको छ ।

स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्त उपक्रम (ज्वाइन्ट–भेन्चर जेभी) मा असोज १ गतेभित्र आशयपत्र दर्ता गर्न आह्वान गरेको छ । तीनवटै पार्किङस्थल निर्माण भएपछि राजधानीको दरबारमार्ग, न्युरोड आसपास क्षेत्रको पार्किङ व्यवस्थापनमा सुधार आउने भएको छ ।

कामपा सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत धर्मपथपमा स्मार्ट र दरबारमार्ग र न्युरोडमा डिजिटल पार्किङ निर्माण गर्न लागेको हो । कामपा सार्वजनिक निजी साभेदारी एकाइ प्रमुख महेश काफ्लेले दरबारमार्ग र न्युरोडमा मोबाइल प्रयोग गरी सञ्चालन गर्न सक्ने डिजिटल पार्किङ नेपालकै पहिलो हुने बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org