ताजा समाचार

नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट पदमा जागिर खुल्यो !

काठमाडाैँ २१,भदाै ।    नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्ट (अधिकृत क्याडेट) पदमा भर्ना खुलेको छ। सेनाले बिहीबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो।

उक्त पदमा २०० जनाको दरखास्त आह्वान गरिएको छ। पछिल्ला केही वर्ष सेनाले १२० जनाको दरखास्त आह्वान गरिरहेको थियो।

अधिकृत पदको धेरै नै आवश्यकता रहेकाले यसपालि संख्या बढाइएको जंगी अड्डाले जनाएको छ। ‘दुई चार वर्षको तुलनामा यो पटक बढी संख्या माग गरिएको हो, अधिकृतको बढी नै चाहिएको छ,’ सैनिक प्रवक्ता गोकुल भण्डारीले  भने।

सेनाले खुल्लातर्फ ११०, आदिवासी/जनजाति २९, मधेसी २५, महिला १८, दलित १४ र पिछडिएको वर्गबाट ४ जनाको दरखास्त मागेको छ। दरखास्तको मिति भदौ २१ देखि असोज १९ गतेसम्म छ। दोब्बर शुल्क बुझाई असोज २० देखि २६ गतेसम्म दरखास्ता बुझाउन सकिने सेनाले जनाएको छ।

भर्ना छनोट निर्देशनालय, जंगी अड्डा, पूर्वी पृतना इटहरी, मध्यपूर्वी पृतना धनुषा, मध्य पृतना हेटौंडा, पश्चिम पृतना पोखरा, मध्यपश्चिम पृतना रुपन्देही, उत्तरपश्चिम पृतना सुर्खेत र सुदूरपश्चिम पृतना दीपायलमा भर्ना केन्द्र तोकिएको छ। सो पदको लागि प्रमाणपत्र तह वा सो सरह, स्नातक तह वा सो सरह उत्तीर्ण भएको हुनुपर्ने छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org