प्रदेश ५ का जिल्लामा पूर्वएमाले भित्रको गुठबन्दिले टुङगिएन एकता,चुलियो आन्तरिक विवाद !
जिल्ला अध्यक्ष सिफारिसमा पूर्वएमालेभित्र चुलियो विवाद
काठमाडाैँ २१,भदाै । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष सिफारिसबारे प्रदेश पाँचमा असन्तुष्टि चुलिएको छ।
पूर्वएमालेको भागमा परेका सात जिल्ला समितिको नेतृत्वमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेतामात्रै सिफारिस भएपछि नेता माधवकुमार नेपाल पक्ष विरोधमा उत्रिएको हो।
प्रदेश ५ का १२ मध्ये पूर्वएमालेले ७ र माओवादी केन्द्रले ५ जिल्लाको नेतृत्व पाउने सहमति भएको थियो।
एमाले हुँदा पाँच नम्बर प्रदेशका दाङ, बाँके, रुपन्देही, नवलपरासी, रोल्पा र पाल्पामा नेपाल पक्षका अध्यक्ष थिए। अहिले उनीहरूमध्ये एकजना पनि जिल्ला नेतृत्वको सिफारिसमा परेका छैनन्।
एकीकृत पार्टीको जिल्ला अध्यक्षमा शिवकुमार आचार्य (दाङ), गोपाल भट्टराई (रुपन्देही), पूर्ण शर्मा (बर्दिया), पिताम्बर भुसाल (अर्घाखाँची), बाला काउछा (गुल्मी), राधाकृष्ण कँडेल (पाल्पा) सिफारिस भएका छन्। सचिवका लागि ईश्वरी जिएम (रोल्पा), गोपाल गिरी (बाँके) र तुलसी पासी (नवरपरासी) सिफारिस छन्।
एमालेका तत्कालीन रुपन्देही अध्यक्ष मेयर, पाल्पाका अध्यक्ष प्रदेश सांसद, अर्घाखाँचीका अध्यक्ष प्रदेश सांसद र गुल्मीका अध्यक्ष गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।
अध्यक्ष, सांसद, मेयर, गाउँपलिका अध्यक्ष बनेका भए सहमतिमा नेतृत्व छान्ने नेकपा सचिवालयले यसअघि नै निर्णय गरेको थियो।
नेकपाले जिल्ला नेतृत्व एकीकरणका लागि पूर्वएमाले र माओवादी केन्द्रका प्रदेश संयोजक र सहसंयोजक रहेको चार सदस्यीय कार्यदल बनाएको थियो। प्रदेश ५ कमिटी पूर्वएमालेका तर्फबाट संयोजक शंकर पोखरेल र सह–संयोजक दलबहादुर राना कार्यदलमा छन्। दुबै जना ओलीनिकट हुन्।
नयाँ पार्टीको लागि अध्यक्षमा सिफारिसपछि सबैभन्दा धेरै विवाद दाङमा देखिएको छ।
पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले गृह जिल्ला दाङमा पूर्वअध्यक्ष नेपाल समूहका टीकाराम खड्कालाई पन्छाएर आफ्ना बहिनी ज्वाइँ शिवकुमार आचार्यलाई सिफारिस गरेपछि असन्तुष्टि चुलिएको हो।
एमाले दाङका पूर्वअध्यक्ष खड्का, पूर्वइञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीसहित नेताहरू ओली पक्षले विधि र प्रक्रिया मिचेर एकलौटी ढंगले सिफारिस सच्याउन माग गर्दै विरोधमा उत्रिएका छन्।
‘प्रदेश कार्यदलको नाताले शंकर पोखरेलजस्तो नेताले पार्टीको भावनात्मक एकताको अभिभावकीय भूमिकामा उभिएर मियो बन्नुपर्ने थियो, तर दुर्भाग्य उहाँ त्यसविपरित उभिनुले आशंका पैदा भएको छ,’ खड्काले भने।
पार्टीको अध्यक्ष जुन पार्टीको भागमा पर्छ अर्को पार्टीको सचिव रहने भन्ने विधि पार्टीको सचिवालयले बनाएको भए पनि पाँच नम्बरमा पोखरेलले मनपरी गरेको खड्काको आरोप छ।
‘बहालवाला अध्यक्षलाई सोध्दै नसोधी, उसको नाम नै सिफारिस नगरेर हुने एकतालाई कसरी एकता मान्न सकिन्छ?’ खड्काले प्रश्न गरे।
खड्काले यसबारे पार्टी महासचिव बिष्णु पौडेलसमक्ष असहमति पत्र दर्ता गर्दै तत्कालीन जिल्ला इञ्चार्ज र जिल्ला अध्यक्षलाई नसोधेर एकलौटी प्रदेश कार्यदलले गरेको सिफारिस खारेज गर्न माग गरिएको खड्काले बताए।
उनी निकट नेता पूर्वउपाध्यक्ष हुकुमबहादुर बस्नेतले प्रदेश कार्यादलले सिफारिस गरेको नाममा खोट लगाउनेहरू एकताका बाधक भएको बताए।
‘सिफारिस गरिएका व्यक्ति असल संगठक र क्षमतावान व्यक्तिहरू रहेको भन्दै अनावश्यक किचलो झिक्नु पदलोलुपताको पराकाष्ठामात्रै हो,’ उनले भने।
बस्नेतले प्रदेश कार्यदलले सिफारिस गरेको नाम नै पारित भएर आउने ठोकुवा मात्रै गरेनन् बहिनी र ज्वाँइलाई बीचमा तानेर मुख्यमन्त्री पोखरेललाई बदनाम गर्ने खेल भइरहेको हुँदा त्यो बन्द हुनु पर्ने बताए।
Comments
अरु समाचार
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...
-
एकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई...
-
उपचुृनावको नतिजाले एमाले उत्साहित,नयाँ शक्तिको भविष्य अन्योल
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ ।...
-
सीके राउतले रवि लामिछानेलाई दिए यस्तो सुझाव: जमानत जफत भएपछि अब विचार गर्नुहोला
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम–२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन्...