ताजा समाचार

अयोग्य भन्दै हटाइएका दिगम्बर झा फेरि प्राधिकरणको अध्यक्ष नियुक्त,खुल्यो भित्री रहस्य !

काठमाडौं २२,भदाै । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त भएका छन्। विहीबारको मन्त्रिपरिषद बैठकले ४ वर्षका लागि झालाई प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको हो।

‘दूरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई अध्यक्ष नियुक्त गरिएको हो,’ एक मन्त्रीले  भने।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङ संयोजक रहेको सिफारिस समितिले गरेको सिफारिसअनुसार झा प्राधिकरणमा दोहोरिएका हुन्। समितिले झासँगै पूर्व सचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरूषोत्तम खनाललाई अध्यक्षका लागि सिफारिस गरेको हो।

वर्तमान सरकारले काम गर्न नसकेको भन्दै झालाई यसअघि प्राधिकरणबाट हटाएको थियो। सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका झाले एकाएक मुद्दा फिर्ता लिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org