स्थानीय तहको जनसंख्याका आधारमा सरकारद्धारा कर्मचारी दरबन्दीको निर्धारण
काठमाडाैँ २२,भदाै । सरकारले स्थानीय तहको जनसंख्याका आधारमा कर्मचारी दरबन्दी संरचना निर्माण गरेको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाँउपालिकाको संरचना रहेको स्थानीय तहमा फरक–फरक जनसंख्या दर हुने भएपछि स्थानीय तहको जनसंख्याका आधारमा कर्मचारी संरचना निर्माण गरिएको हो ।
गएको फागुन २८ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया को नेतृत्वमा कर्मचारीको आवश्यकता सर्वेक्षणका लागि एउटा समिति बनाइएको थियो । संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यही भदौ २७ गतेसम्मका लागि म्याद दिइएको थियो । मन्त्रालयको सर्वेक्षणले स्थानीय तहका लागि ५७ हजार कर्मचारी प्रस्ताव गरेको थियो । सोही आधारमा स्थानीय तहमा कर्मचारी व्यवस्थापनको काम भइरहेको हो ।
प्रस्तावित कर्मचारी संरचना प्रस्तावबारे मन्त्रालयले स्थानीय तहसँग सुझाव मागेको थियो । ५० हजार हाराहारी स्थानीय तहले जवाफ पठाएको र अधिकांशले संरचना ठीक रहेको तर केहीले सुधार गर्न आग्रह गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
स्थानीय तहका लागि यस्तो छ मन्त्रालयले बनाएको कर्मचारी दरबन्दी
सरकारले गाँउपालिकादेखि जिल्ला समन्वय समितिसम्म कार्यपालिका तहमा ५ हजार २ सय ९७ प्राविधिक कर्मचारी, १४ हजार ८ सय ६५ प्रशासनतर्फ कर्मचारी गरी २० हजार १ सय ६२ कर्मचारी दरबन्दी प्रस्ताव गरेको छ । यता स्थानीय तहका ६ हजार ७ सय ४३ वडामा १० हजार ३ सय ९ प्रशासन तर्फ र ७ हजार ३ सय २५ प्राविधिक गरी १७ हजार ६ सय ३४ कर्मचारी दरबन्दी सिर्जना गरेको छ ।
स्थानीय तहका लागि ५७ हजार कर्मचारी आवश्यक पर्ने मध्येमा ३७ हजार ७ सय ९६ मन्त्रालयले दरबन्दी कायम गरेको हो भने अरु थप ३० हजार कर्मचारीहरु स्थानीय तहको विषयगत विभागमा विषयगत मन्त्रालयबाट खटाइने भएको छ । शिक्षा, स्वास्थ्य, कृषि र पशुसेवाका कर्मचारीहरुलाई सम्बन्धित मन्त्रालयबाट स्थानीय तहका विभागमा पठाउने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता अधिकारीले जानकारी दिए ।
मन्त्रालयले स्थानीय तहका लागि १० भागमा बर्गिकरण गरेर कर्मचारी संरचना निर्माण गरेको छ । २५ हजारसम्म जनसंख्या भएको ३ सय ३४ गाँउपालिकामा १ हजार ३ सय ३६ प्राविधिक, ४ हजार ३ सय ४२ प्रशासन गरी ५ हजार ६ सय ७८ कर्मचारी प्रस्ताव गरेको छ । ती गाँउपालिकाका २ हजार २ सय ६९ वडामा एक एक जना प्रशासन र प्राविधिक कर्मचारी गरी ४ हजार ५ सय ३८ कर्मचारी प्रस्ताव गरिएको छ । २५ हजार भन्दा कम जनसंख्या हुने गाउपालिकामा १० हजार २ सय १६ कर्मचारी प्रस्ताव गरिएको छ ।
यस्तै २५ हजारभन्दा बढी जनसंख्या भएको १ सय २६ गाँउपालिकामा प्राविधिक र प्रशसन तर्फ गरी ३ हजार १ सय ५० कर्मचारी र तिनका ९ सय ४७ वडामा १ हजार ८ सय ९४ कर्मचारी गरी ५ हजार ४४ कर्मचारी संख्या प्रस्ताव गरिएको छ ।
यता २५ हजारसम्म जनसंख्या भएको ३१ नगरपालिकामा प्राविधिक तथा प्रशासनिक गरी ७ सय ७५ कर्मचारी र तिनका ३ सय ९ वडा कार्यालयमा ६ सय १८ गरी १ हजार ३ सय ९३ कर्मचारी निर्धारण गरिएको छ । २५ देखि ५० हजारसम्म जनसंख्या भएको १ सय ५१ नगरपालिकामा ४ हजार ५ सय ३० कर्मचारी र तिनका १६ सय ४१ वडामा ४ हजार ९ सय २३ गरी ९ हजार ४ सय ५३ कर्मचारी प्रस्ताव गरिएको छ ।
५० हजारदेखि ७५ हजारसम्म जनसंख्या भएको ६८ नगरपालिकामा २ हजार ६ सय ५२ र तिनका ८ सय २९ वडामा २ हजार ४ सय ८७ गरी ५ हजार १ सय ३९ कर्मचारी तोकिएको छ । यस्तै ७५ हजारभन्दा बढी जनसंख्या भएको २६ नगरपालिकामा १ हजार १ सय १८ र तिनका वडामा १ हजार २० गरि २ हजार १ सय ३८ कर्मचारी दरबन्दी निर्धारण गरिएको छ ।
यता ११ वटा उपमहानगरपालिकामा प्राविधिक ३ सय ८, प्रशासनमा ६ सय १६ गरी ९ सय २४ र तिनका २ सय ३४ वडामा ४ सय ६८ प्राविधिक, ४ सय ६८ प्रशासनका गरी १ हजार ८ सय ६० कर्मचारी दरबन्दी कायम गरिएको छ । काठमाडौँ महानगरपालिका बाहेक अरु ५ महानगरपालिका मा ६ सय ५५ कर्मचारी र तिनमा १ सय ४२ वडा तहमा ९ सय ९४ गरी १ हजार ६ सय ४९ कर्मचारी दरबन्दी सिर्जना गरिएको छ । यस्तै काठमाडौं महानगरपालिकामा कार्यपालिका तहमा १ सय ४१ कर्मचारी र ३२ वडामा २ सय २४ गरी ३ सय ६५ कर्मचारी दरबन्दी सिर्जना गरिएको छ ।
यता ७७ जिल्ला समन्व्य समितिमा २ सय ३१ प्राविधिक र ३ सय ८ प्रशासनिक कर्मचारी गरी ५ सय ३९ कर्मचारीको दरबन्दी तोकिएको छ । कृषि, शिक्षा, पशु, स्वास्थ्य लगायतका बिषयगत मन्त्रालयबाट ७ हजार कर्मचारी स्थानीय तहमा जाँदै गरेको कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका उपसचिव शालिकराम दाहालले जानकारी दिए ।
भदौ २७ पछि माथि उल्लेखित विवरण अनुसार स्थानीय तहमा कर्मचारी दरबन्दी कायम गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयारी गरेको छ ।
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
काठमाडौं । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा गर्दै आएका छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका...
-
नेपाल प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको...
-
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...
-
निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...