ताजा समाचार

एभरेष्ट ईङ्गिलस बोर्डिङ स्कूल देशकै उत्कृष्ट,प्रिन्सिपल पुरी प्रधानमन्त्रीबाट सम्मानित

काठमाडाैँ २५,भदाै ।  विराटनगर अवस्थित देशकै उत्कृष्ट  एभरेष्ट ईङ्गिलस बोर्डिङ स्कूललले राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको छ। र  प्रिन्सिपल टिकाराम पुरी  उत्कृष्ट प्रिन्सिपल पुरस्कारवाट सम्मानित  भएका छन  ।

३९ औं राष्ट्रिय शिक्षा दिवस २०७५ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा  काठमाडौंमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका हुन् । प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा उत्कृष्ट बनेको एभरेष्टका प्रिन्सिपल टीकाराम पुरीले राष्ट्रिय शिल्ड, ध्वजा, उत्कृष्ट विद्यालयको प्रमाणपत्र सहित नगद दुई लाख रुपैयाँ ग्रहण गरे । यो सँगै उत्कृष्ट शिक्षाका लागि कुशल नेतृत्व प्रदान गरेको भन्दै प्रिन्सिपल पुरीले प्रधानमन्त्रीबाट प्रशंसापत्र समेत प्राप्त गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षमा भएको कार्यक्रममा माध्यामिक शिक्षा उत्तिर्ण परिक्षा (कक्षा १२) मा सामुदायिक तीन र संस्थागततर्फका तीन विद्यालयलाई पुरस्कृत गरिएको हो । प्रदेश १ बाट यो पुरस्कार पाउने एभरेष्ट एक मात्र बनेको छ । यस्तै कक्षा १० सम्मको माध्यामिक शिक्षामा सामुदायीक र संस्थागत तर्फका ६ वटा विद्यालय छनौटमा परेका हुन् ।

 

 

 

 

सं

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org