नेपाल प्रहरीका ३ डीआईजीलाई एआईजी बढुवाको लागी सिफारिस, १ नम्बरमा कार्की
काठमाडाैँ २७,भदाै । नेपाल प्रहरीका डीआईजी पुस्कर कार्कीसहित तीन डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् ।
बढुवा सिफारिस भएका अरु दुई जनामा ठूले राई र धिरु बस्नेत रहेका छन् । कार्की यसअघि आईजीपीको दाबेदार रहेका थिए । तर, सर्वेन्द्र खनाललाई सरकारले चयन गरेपछि उनी डीआईजीमा खुम्चिएका थिए ।
उनै कार्की अहिले एक नम्बरमा रहँदै एआईजीमा बढुवा सिफारिस भएको गृह मन्त्रालयले मंगलबार अबेर निकालेको विज्ञप्तिमा उल्लेख छ ।
बढुवा समितिको मंगलबार बसेको बैठकले कार्की, राई र बस्नेतलाई एआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
बैठकले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम को उपनियम (४) को प्रावधान अनुसार उनीहरुकमो बढुवा सिफारिस गरेको बढुवा समितिको सचिवालयका सदस्य सचिव समेत रहेका आईजीपी सर्वोच्द्र खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीको तीन वटा अतिरिक्त महानिरीक्षक पद गत २९ चैत देखि रिक्त रहेको थियो।
डीआईजी कार्की, राई, बस्नेतसहित मनोज नेउपाने र सुरेशबिक्रम शाह प्रतिस्पर्धामा थिए।
Comments
अरु समाचार
-
विभिन्न जिल्लामा शीतलहरको जोखिम बढ्दो , कस्तो छ पूर्वतयारी ?
काठमाडौँ: यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै...
-
बैंकको सस्तोमा लिलाम कदमविरुद्ध लहानमा आन्दोलन चर्किँदै
सिरहा । कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले बिहीबार...
-
पूर्वडीआईजी छविलाई रास्वपाका नेताहरूको जिम्मामा छाडियो
पोखरा । अदालतको आदेशपछि धरौटीमा रिहा भएका गोर्खा मिडियाका पूर्वसञ्चालक, पूर्वडीआईजी छविलाल जोशीलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूको जिम्मामा...
-
रिहा भए रवि लामिछाने, काठमाडौं अदालतमा आफैँ उपस्थित हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका छन् ।...
-
तनहुँमहोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कृषि, पर्यटन, प्रविधिका साथै ऊर्जाको विकासबाट देशलाई समृद्धिको पथमा अग्रसर गराउन सहज...
-
शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा छु : मन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताएकी छन्...
-
सेयर बजार परिसूचक घट्दा, बड्यो कारोबार रकम
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से १८.१४ अंक घटेको छ । विगतका ६ कारोबार दिन लगातार...
-
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
काठमाडौं । सिरियाको उत्तरी मानबिज क्षेत्रमा बिहीबार टर्कीए समर्थित समूह र कुर्द नेतृत्वको सेनाबीच भएको भिडन्तमा ३७ जनाको मृत्यु भएको...
-
भकुण्डेबेंसीमा सुमो तोडफोड गर्ने ९ जना पक्राउ
काठमाडौं । खोटाङको दिक्तेलबाट काठमाडौं आउँदै गरेको टाटा सुमोमाथि तोडफोड भएको छ । बुधबार साँझ बीपी राजमार्ग अन्तर्गत काभ्रेको भकुण्डेबेंसीस्थित...