ताजा समाचार

निर्मला हत्याको विरोधमा कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं २८,भदाै । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।

बिहीबार संसद बैठक सुरु भएलगतै कांग्रेस सांसदहरुले उठेर विरोध गरे । सभामुखले समय दिएपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला हत्या दिनानुदिन नाटकीय बन्दै गएको बताए ।

‘अनुसन्धानबाट वास्तविक दोषी पत्ता लगाउने भन्दा पनि राज्य संयन्त्र वास्तविकता ढाकछोप गर्न केन्द्रित रहेको देखिन थालेको छ’ उनले भने ‘यो घटना राज्यसंरक्षित अपराधको स्वरुप लिइरहेको आभाष हुन थालेको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org