ताजा समाचार

राम मनोहरको स्वभाविक मृत्यु, निर्मला प्रकरणमा सरकार गम्भिर छ : गृहमन्त्री थापा

काठमाडाैँ २९,भदाै ।  गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको बारेमा अनुसन्धान भइरहेको र सरकार गम्भिर रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यसबारेमा छिट्टै सत्य तथ्य बाहिर आउने बताए । उनले भने– ‘दीलिप विष्ट नै दोषी हो भनेर आफूले मैले भनेको छैन । अहिले संदिग्ध व्यक्तिको छानविन गर्ने क्रम जारी छ । विष्ट देखिएनन् अरुमाथि छानविन जारी छ ।’

यस्तै गृहमन्त्री थापाले बर्दियामा प्रहरीको हिरासतमा रहेका राममनोहर यादवको स्वभाविक मृत्यु भएको बताएका छन् । उनले यादवमाथि बर्दिया अदालतबाट ७ दिनको म्याद थप भएपछि हिरासतमा लिएको जानकारी गराए ।

यादव भदौ १४ गते बिहान सवा ६ बजे बिरामी भएको र स्थानीय अस्पतालमा उपचार गराएको तर त्यहाँ उपचार सम्भव नभएपछि भदौ १५ गते काठमाडौ त्रिवि शिक्षण अस्पतालमा ल्याएको बताए  ।

भदौ  १६ गते उनको रोगको कारणबाट  स्वभाविक मृत्यु भएको बताए । भिशेरा र रगतको परिक्षण भइरहेको उनले जवाफ दिएका छन् ।

सांसदहरुको प्रश्नमा गृहमन्त्री थापाले भने–‘राममनोहर यादवका सन्र्दभमा शान्तिपूर्ण विरोध गर्न पाइन्छ । उनीहरुले बिखण्डकारी नारा लगाएको सन्दर्भमा गिरफ्तार गरिएको हो । मन्त्रीहरुको, सरकारको, संविधानको विरोध गर्न पाइन्छ सरकारले यसलाई रोक्दैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org