ताजा समाचार

नक्कली प्रमाणपत्रधारी प्रहरीका सईविरुद्ध मुद्दा दायर

काठमाडौं ,३१भदाै पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) सूचिप राजभण्डारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राजभण्डारीले ‘बिहार इन्टरमेडियट एजुकेशन काउन्सील पटना भारत’ बाट लिएको आई. ए तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रहरी सहयाक निरीक्षक (असई) पदमा शुरु नियुक्ति लिएको आयोगले जनाएको छ ।

असईमा प्रहरीको जागीर खाएका राजभण्डारीले सईमा नियुक्ति लिएको भएर सरकारी लाभ तथा सुविधा समेत लिएर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर गरेको बताइएको छ ।

आयोगले निजलाई साविक भ्रष्टाचार निवारण ऐन अनुसार सजाय मागदावी गर्दै आईतरबार विषेश अदालतमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता सह–सचिव रामेश्वर दंगालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org