प्लेन नउड्ने एयरपोर्ट भित्रै मन्त्रीको स्वागतको लागि यस्तो तामझाम, मन्त्री भन्छन दशैं अगाडि प्लेन उड्छ ।
दाङ १,असोज । दाङमा एयरपोर्ट निरीक्षण गर्न आएका मन्त्रीको बाजागाजा सहित भव्य स्वागत गरिएको छ ।
तुलसीपुरस्थित टरिगाउँ एयरपोर्ट भित्रै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको स्वागतको आइतवार टेन्ट र आकर्षक स्टेज तयार पारिएको थियो ।
जहाँ उनको बाजागाजासहित भव्य स्वागत गरियो । नाच गान पनि भयो । जस्को व्यवस्थापन तुलसीपुर उपमहानगरपालिकाले गरेको हो ।
नेपालगन्जसम्म प्लेनमा आएका मन्त्री अधिकारी त्यहाँ भने गाडीमा गएका थिए।
मन्त्री अधिकारीको स्वागतमा एक दर्जन बढी प्रदेश र प्रतिनिधीसभाका सदस्यहरु उपस्थित थिए ।
मन्त्री अधिकारीको स्वागतमा गरिएको ठूलो तामझामलाई स्थानियहरूले भने नाटकको संज्ञा दिएका छन् ।
‘एयरपोर्ट भित्रै टेन्ट र मञ्च निर्माण गर्दै बाजागाजा बजाएर चटक देखाउनु भन्दा प्लेन ल्याएर देखाए भैगो नि, यो फजुल खर्च किन गर्नु पर्यो’, एक स्थानीयले भने ।
उनले ५ महिना अगाडि यसैगरी सभामुख कृष्णबहादुर महरा, मुख्य मन्त्री शंकर पोखरेल लगाएको स्वागत भएको हुँदा यो नाटक मात्रै भएको उनको दाबी थियो ।
कार्यक्रमका अधिकाशं वक्ताहरुले दाङ जिल्ला राज्यवाट ठगिदै र अपहेलित हुँदै आएको भन्दै कडा शब्दमा आलोचना गरे ।
नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले नियमित प्लेन आउने आशामा दंगालीले पटक-पटक मन्त्रीहरुलाई बाजागाजा सहित फूलमालाले स्वागत गर्दै आएको भएपनि नेताहरुले गफ दिएझैं काम नभएको भन्दै आक्रोश पोखेका थिए ।
यस्तै नेकपा एमालेका पूर्व दाङ जिल्ला अध्यक्ष टिकाराम खड्काले रुकुम र सुर्खेत, डोल्पा लगाएतका स्थानमा प्लेन नियमित उड्न सक्ने तर तुलसीपुरमा किन उड्न नसक्ने हो ? भन्ने प्रश्न गरेका थिए ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावत (विरु)ले प्लेन नआउँदा हालसालै एकजना घाइते शिक्षिकालाई ५ लाख खर्चेर हेलिकोप्टर चार्टर गरि काठमाडौं पुर्याउनु परेको स्मरण गराउँदै प्लेन छिटो आउने वातावरण बनाइदिन आग्रह गरे ।
तुलसीपुरका मेयर घनश्याम पाण्डेले दाङ उपत्यका काठमाडौं भन्दा ५ गुणा ठूलो रहेपनि विमान नहुँदा देशले नै घाटा बेहोरी रहेको बताए ।
उनले दाङकै घोराही क्षेत्रमा निर्माण हुने भनिएको वैकल्पिक विमानस्थलले दुविधा उत्पन्न गरेको बताए ।
उनले धावनमार्ग विस्तारका लागि जग्गा खोज्ने जिम्मा उपमहानगरपालिकाले लिने, यात्रुको जिम्मा समेत लिने हुँदा तुरुन्त प्लेन आउने वातावरण बनाइदिन आग्रह गरे ।
उक्त कार्यक्रमलाई प्रतिनिधिसभा सदस्यहरु मेटमणी चौधरी, हिराचन्द्र केसी, माननियहरु शान्ता चौधरी, रेखा शर्मा, अनिता देवकोटा, पार्वती डिसी चौधरी, नागरिक उड्यनका महानिर्देशक संजिव गौतम लगाएतले सम्वोधन गरेका थिए ।
टरिगाउँ एयरपोर्ट कालोपत्रे भएयता ५ वर्षको अवधिमा ३ पटक विमान सेवा अवरुद्ध भइसकेको छ ।
विक्रम संवत २०११ सालदेखि प्लेन बस्न सुरु गरेको दाङको एक मात्रै टरिगाउँ एयरपोर्टमा पछिल्लो समय प्लेन उड्न छोडेको ५ महिना बढी भइसकेको छ ।
त्यसपूर्व घाँसे मैदान हुँदाखेरी झन्डै चार दशकसम्म एयरपोर्ट नियमित संचालनमा थियो ।
दशैं अगाडि नै प्लेन उडाउने मन्त्रीको आश्वासन
बाजागाजाँसहित स्वागत पाएका मन्त्रीले स्थानिय तथा स्थानिय सरकारका प्रतिनिधिहरूको गुनासो सुनेपछि मन्त्री अधिकारीले दशैं अगाडि नै दाङमा सानो विमान सेवा सुरु हुने आश्वासन दिएका छन् ।
उनले काठमान्डौं–भैरहवा–दाङ प्लेन चलाउने तयारी भइरहेको जानकारी दिए ।
संभव भएको खण्डमा सोझै काठमाडौं– दाङ सेवा सुरु हुने बताए ।
‘दाङमा कसरी जहाज चलाउने भन्ने सवालमा तपाईंलाई भन्दा मलाई बढी हुटहुटी छ । विश्वास गर्नुहोस दशैं अगाडि नै विमान सेवा नियमित हुन्छ ।’
उनले दाङमा निर्माण हुने भनिएको ‘वैकल्पिक विमानस्थल’ घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रको पनि आइतवार नै अवलोकन गरेका छन् ।
Comments
अरु समाचार
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...