ताजा समाचार

नेपालमा पाँच वर्षमा ३७ वटा बाघ बढेर पुग्यो बाघको सङख्या २३५

काठमाडौं ७,असोज  । नेपालमा बाघको संख्या २ सय ३५ पुगेको छ । वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय संरक्षण दिवसको अवसर पारेर वाघको संख्या सार्वजनिक गरेको हो । यसअघि सन् २०१३ को गणनामा १९८ वटा बाघ रहेकोमा ५ वर्षमा बढेर २ सय ३५ पुगेको हो ।

सार्वजनिक तथ्याङ्कअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा रहेको छ । त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेको छ ।

यसअघि सन् २०१३ मा गरिएको वाघ गणनामा चितवन राष्ट्रिय निकुञ्जमा १२० वटा बाघ थिए । त्यस्तै बर्दियामा ५०, शुक्लाफाँटामा १७, बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा बाँघ रहेको थियो ।

सरकारले बाघ दिवसको अवसर पारेर गत साउन १३ गते बाघ गणनाको प्रतिवेदन सार्वजनिक गर्ने भने पनि गरेको थिएन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org