बन्दमा तोडफोड गर्नेविरुद्ध मुद्दा लगाउने तयारी
अछाम८, असोज। चालकहरुको आन्दोलनका क्रममा साँफेबगर नगरपालिका कार्यालय भवन र सवारी साधनहरु तोडफोड गर्ने पाँच जनालाई शान्ति विरुद्धको कसुरमा कारवाही गरिने भएको छ ।
नगरपालिका कार्यालयमा तोडफोडको आरोपमा पक्राउ परेका सुवास राजबाहक, गौरव स्वाँर, केशु विक, बान्नीगढी-जयगढ गाउँपालिकाका सन्तोष खड्का र डोटी जिल्लाको लक्ष्मीनगरका तिलक थापामगरलाई प्रहरी पक्राउ गरी मुद्दाको प्रक्रिया अघि बढाएको हो । प्रहरीले उनीहरुमाथि अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्याद लिएको छ ।
सुरक्षाकर्मीलाई ढुंगामुढा, मदिराका बोतल, रड प्रहार गरेको, इलाका प्रहरी कार्यालय घेराउ गरेको, अपशब्दसहित होहल्ला गरेको आरोप उनीहरुमाथि छ । उक्त घटनामा संलग्न अन्य १५ जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ । ‘बन्दकर्ताहरु विरुद्धको कारबाही नभइ हुलहुज्जत र तोडफोड गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्नेलाई कारबाही गर्न लागेका हौं’ डीएसपी जनकबहादुर शाहीले भने ।
बन्दकर्ताका मागकै विषयमा छलफल गर्न साँफेबगर नगरपालिकामा तयारी भइरहेका बेलामा एक्कासी अराजक समूहले नगरपालिका भवनसहित पार्किङमा राखिएका गाडी, डोजर, टिपर, र तीन वटा मोटरसाइकलमा तोडफोड गरेको थियो ।
त्यस क्रममा आक्रमणकारी र प्रहरीबीचमा दोहोरो झडपसमेत भएको थियो । झडपलाई नियन्त्रण लिन प्रहरीले एक राउण्ड हवाइ फायर र केही अश्रुग्यास समेत प्रहार गरेको थियो ।
Comments
अरु समाचार
-
बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड
काठमाडौं । बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै सचेतामूलक विषय समावेश गर्न जरुरी रहेकामा सरोकारवालाले जोड दिएका...
-
सिरहामा तीन वर्षीया बालिका हत्या अभियोगमा दुई जना पक्राउ
काठमाडौं । सिरहामा तीन वर्षिया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका—१८ जरुवा लक्ष्मिनियाँ टोलका...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
रारामा अष्ट्रेलियन लगानीको लक्जरी रिसोर्ट बनाउने समझदारी, १ अर्ब बढी लागत
काठमाडौं । स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन लगानी भित्रिएको छ। रारामा बन्ने पहिलो...
-
बझाङ प्रदेशसभामा एमालेका उम्मेदवार दमन भण्डारी विजयी
कैलाली । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै...
-
भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । आज...
-
बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
काठमाडौं । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ...
-
चुरे पहाडका अधिकांश वनमा डढेलो
काठमाडौं । कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश वनमा डढेलो फैलिँदै गएको छ । सामुदायिक वनका उपभोक्ताले...
-
बाजुरामा रेबिजविरुद्धको खोप अभाव
काठमाडौं । बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि...