ताजा समाचार

बूढीगण्डकीबारे प्रधानमन्त्री ज्यु श्री ३ को शैलीमा हुकुम गरिबक्सियो-गगन थापा

काठमाडाैँ १०,असोज । काँग्रेस सांसद गगन कुमार थापाले बहुचर्चित बूढीगण्डकी जलविद्युत परियोजना चिनियाँ कम्पनी गजुवालाई बनाउन दिने सरकारी निर्णयको कडा आलोचना गरेका छन् ।

बुधबार बसेको संसद बैठकमा थापाले श्री ३ को शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीले परियोजना चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरेको आरोप लगाए ।

‘यही असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले चिनियाँ कम्पनी गेजुवालाई परियोजना निर्माण गर्न दिने निर्णय गर्यो । निर्णय भन्दा श्री ३ को शैलीमा प्रधानमन्त्रीले हुकुम गरिबक्सियो । प्रधानमन्त्रीको हुकुमलाई शिरोधार्य गर्दै तालुकवाला मन्त्रालय र मन्त्री बाध्य हुन्छ ।  हाम्रो पनि त्यस्तै अनुभव भयो’ थापाले संसदमा भने, ‘तर संसद पनि प्रधानमन्त्रीको हुकुमको छाया हुन सक्छ ? तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले विरोधमा बीच यही कम्पनीलाई यसैगरी काम दिने निर्णय गरेको थियो । तर तत्कालिन कृषि तथा जलस्रोत समिति र अर्थ समितिले  बूढीगण्डकी बारे सरकारले गरेको निर्णय कानूसम्मत नरहेको ठहर गरेको थियो ।’

सो निर्णयलाई वेवास्ता गर्दै हाल आएर फेरि  सरकारले सोही कम्पनीलाई किन बूढीगण्डकी निर्माणको ठेक्का दियो भन्दै उनले प्रश्न गरे ।

आयोजना बनाउनेबारे अध्ययन गर्नका लागि त्यतिनै बेला बनेको एक समितिले २७० अर्बमा बनाउन सकिने निश्कर्ष निकालेको स्मरण गर्दै उनले त्यसबारे अध्ययनका लागि १ अर्ब बढी खर्च भइसकेको अवस्थामा हाल आएर सरकारले हुकुमी शैलीमा निर्णय गरेको आरोप लगाए ।

उनले एउटा तामाकोसी बनाउन सकिने बराबरको पैसा नै खान खोजिएको भन्दै आफैले बनाउन सकिने क्षमता हुँदाहुँदै सरकारले किन निरिहता प्रदर्शन गर्यो भन्दै पटक पटक प्रश्न गरे ।

हाल अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनीलाई बूढीगण्डकी परियोजना निर्माणको जिम्मा दिनेबारे विवाद नरहेको बताएको भन्ने आफूले सुनेको बताउँदै उनले अमेरिकाबाट नेपाल फकिँदा यसबारे आफूहरुको प्रश्नको उत्तर पनि लिएर फर्किन चुनौति दिए ।

उनले प्रश्न विधि र कानूनको मात्रै नभई सरकारले संसदलाई हेप्यो भन्ने पनि रहेको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org