ताजा समाचार

प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’, राजधानी ‘गोदावरी’ सत्तापक्षको एकलौटी मत स्वीकृत

प्रतिपक्षीले बैठक बहिस्कार गरेपछि सत्तापक्षको एकलौटी मत

धनगढी १२,असोज । प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरीमै रहने सहमति जुटेको छ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित विशेष समितिका संयोजक तारा लामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस् प्रस्ताव गरेका थिए। प्रदेशसभा सदस्य वीरमा चौधरी र शान्ति नेपाली समर्थनमा रहेको प्रतिवेदन दुई तिहाई बहुमतले स्वीकृत भएको हो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले बहिस्कार गरेपछि नेकपाका ३८ सांसदको मतले नाम र राजधानीमाथिको प्रस्ताव पारित गरेको हो।

प्रदेशको नामांकन र स्थायी राजधानीबारे सुझाव दिन गठित समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी नगरपालिका-४ तेघरी क्षेत्रलाई सिफारिस गरेको थियो। उक्त सिफारिसपछि धनगढीवासीले आन्दोलन गर्दै आएका छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org