ताजा समाचार

नेपाल निकट केन्द्रीय सदस्यहरुको निष्कर्षः नेतृत्व नसच्चिए जागरण अभियान

काठमाडाैँ १५,असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता माधमकुमार नेपालनिकट केन्द्रीय सयदस्यहरुले नेतृत्व नसच्चिए देशब्यापी जागरण अभियान चलाउने निष्कर्ष निकालेका छन् ।

पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले विधि र प्रक्रियाअनुसार पार्टी सञ्चालन गर्नेभन्दा पनि एकलौटी तरिकाले अघि बढ्न खाजेको देखियो, भेलाको संयोजनकर्तामध्येका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, नेतृत्व सच्चिएन भने देशभर सर्वसत्तावादी खरिचत्रविरुद्ध कार्यकर्ताहरुलाई सचेत र संगठित गर्ने सचिवालय र स्थायी समितिमा रहनुभएका नेताहरुलाई अडानका साथ बैठकम प्रस्तुत् हुन दबाब दिने, देशभर भ्रष्टाचार, कुशासनविरुद्ध आमजागरण पैदा गर्ने निष्कर्षमा पुगेका छौं ।

नेता नेपालले स्थायी समिित सदस्यहरुका लागि चियापान गरेलगत्तै शुक्रबार उपलब्ध केन्द्रीय सदस्यहरुको भेला भएको थियो ।

भेलामा नेपालसहित उनीनिकट स्थायी समिति सदस्य भने सहभागी दिएनन् ।

भेलामा उपलब्ध ५० केन्द्रीय सचिवालयबाट भएको पछिल्लो निर्णयमा केन्द्रित रहेर छलफल गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org