ताजा समाचार

झलनाथ खनालको चेतावनी-अब नेकपा नामको जेट विमान दुर्घटना हुन् सक्छ

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)भित्र पूर्व एमालेका शीर्ष नेताहरुबीच ठूलो वाकयुद्ध चलेको छ ।

सरकारको आलोचना गरेर चर्चा कमाएका नेता माधव कुमार नेपालसँगै अर्का नेता झलनाथ खनालले पनि आफ्नो असन्तुष्टि पोखेका छन् ।

खनालको असन्तुष्टि सरकारसँग मात्रै छैन । पार्टीभित्र गुटलाई मौलाउन दिएको भन्दै उनले नेता नेपालको पनि आलोचना गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले पार्टी सन्चालन पद्दति र सरकार सन्चालन विधिमा सुधार नगरे नेकपा नामको जेट विमान दुर्घटना हुन सक्ने चेतावनी दिएका छन् ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको कार्यशैली सन्तोषजनक नभएको भन्दै पार्टीका वरिष्ठ नेता खनालले भने, ‘प्रधानमन्त्री केपी ओली नेतृत्वमा सरकार बनेको सात महिना पूरा भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेको पनि पाँच महिना बित्न लागेको छ । तरपनि प्रधानमन्त्रीको कार्यशैली सुध्रने संकेत भने देखिएको छैन ।’

नेता झलनाथ खनलले सरकारको क्रियाकलाप सन्तोषजनक नभएको भन्दै कार्यशैली सुधारमा जोड दिए । सोमबार इमेज खबरसँगको कुराकानीमा नेता खनालले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।

नेता खनालले पार्टीभित्रको गुट–उपगुटका कारण सरकारको आलोचना हुँदा अर्को गुट रमाउने शृंखला भएपनि यसले पार्टीलाई अहित गर्ने भन्दै जतिसक्दो चाँडो तत्लो तहसम्म एकता प्रक्रियालाई टुंग्याउन माग गरे ।

पार्टी सन्चालनको शैली, सरकारको काम–कारबाहीबारे समीक्षा गरेर सुध्रने बाटो तय गर्नका लागि तत्काल स्थायी समिति बैठक राख्नुपर्ने नेता खनालको सुझाव छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org