ताजा समाचार

नेता किराती भन्छनः प्रचण्डले निम्त्याएको माओवादी इतिहासको कालो दिन आज

काठमाडाैँ १६,असोज ।  माओवादी नेता गोपाल किरातीले आज दिन माओवादी आन्दोलनको अध्यारो दिन भएको बताएका छन् ।

एक वर्ष अघि आजकै दिन माओवादी केन्द्रको पेरिसडाँडामा बसेको बैठकबाट प्रचण्डले माओवादी केन्द्रलाई एमालेमा विलयको राजनीतिक अपराध थोपरेको आरोप किरातीले लगाएका छन् ।

नेकपा एमालेसँगको पार्टी एकताको किराती लगायतका केही नेताले विरोध गर्दै एकता प्रकृयामा सहभागी भएनन् भने माओवादी केन्द्रलाई पुनर्गठन गर्ने अभियानमा रहेको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत किरातीले माओवादी आन्दोलनको इतिहासमा आज ‘अध्यारो दिन –१६ असोज २०७५’ भनि उल्लेख गरेका छन् ।

‘ठिक वर्ष दिन अघि पेरिसडाँडाको बैठकमा प्रचण्ड एण्ड कम्पनीले माओवादी केन्द्रलाई एमालेमा विलयको राजनीतिक अपराध थोपरे’ किरातीले लेखेका छन् । उनले प्रचण्डको निर्णयलाई अस्विकार गर्नेहरु पार्टी पुनर्गठनमा लागेको बताए ।

‘दक्षिण भारतमा साहु महाजनको सम्पत्ति खोसेर जनतालाई वितरणमा नाम कमाएका डाका विरप्पन जस्तै व्यक्तिवादी दौडमा प्रचण्ड कम्पनीले पनि गणतन्त्रसम्म योगदान पु¥याए , भनेर मान्नु पर्छ की ?’ किरातीले प्रश्न गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org