विधान मस्यौदालाई अन्तिम रुप दिन काँग्रेस बैठक बस्दै
काठमाडाैँ १७,असोज । काँग्रेसको विधान मस्यौदा समितिको बैठक आज बस्ने भएको छ । विधान तयार गर्न सातै प्रदेशमा छलफलपछि बुधबार विधान मस्यौदा समतिको बैठक बस्न लागेको मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
उनका अनुसार सवैतिरबाट लिइएका सुझावलाई समेट्दै विधान मस्यौदामा समेटेर अन्तिम रुप दिनका लागि मस्यौदा समितिको बैठक बोलाइएको हो ।
बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बस्नेछ । सातै प्रदेशमा सुझाव संकलनका क्रममा पार्टी सभापतिलाई अधिकार सम्पन्न बनाउने बा स्थानीय तह देखिनै सामुहिक नेतृत्व प्रणाली विकास गर्ने भन्ने दुई विषयमा दुई थरी सुझाव आएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षले सभापतिलाई अधिकार सम्पन्न बनाउने गरि प्रत्यक्ष निर्वाचित प्रणाली अपनाउनुपर्ने सुझाव दिएका छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरले सभापतिलाई वढी अधिकार दिन नहुने बताउँदै आएका छन् ।
यसैगरी पार्टीमा योगदान गरेकालाई निर्वाचनमा मताधिकार र उम्मेदवार समेतको अधिकार दिनेगरि सुपर डेलिगेट्सको अवधारणामा जानुपर्ने समेत आवाज उठेको नेताहरुले बताएका छन् ।
मंसिरमा बोलाइएको महासमिति वैठकअघि विधान संशोधनको तयारी गरेको काँग्रेसले त्यसको प्रारम्भिक मस्यौदाबारे प्रादेशिक तहमा भएको छलफलमा जिल्ला सभापति, महासभिति सदस्य, क्षेत्रिय सभापति, महाधिवेशन प्रतिनिधी, राष्ट्रिय, प्रतिनीधि तथा पदेशसभा सांसदले सहभागिता जनएका थिए ।
विधानको प्रारम्भिक मस्यौदामा ८ तहको संरचना निर्माण हुने उल्लेख छ ।
प्रारम्भिक काँग्रेसको केन्द्रीय समितिको आकार १ सय ३१ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ ।
Comments
अरु समाचार
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका...
-
विपीन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग परराष्ट्रमन्त्री डा. राणाको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...