ताजा समाचार

खुम्बुमा दैनिक भित्रिन्छन ५ सय बढी पर्यटक, एकै दिनमा ७५ वटासम्म उडान

काठमाडाैँ १७,असोज । मौसम अनुकुल हुदा लुक्ला विमानस्थलमा दैनिक ५० देखि ७५ वटासम्म उडान हुन थालको छ । सिजन सुरु भएकाले पर्यटकको चाप बढेसँगै बाक्लो संख्यामा उडान हुन थालेको हो ।
तेन्जिङ हिलारी विमानस्थलका प्रमुख योगेन्द्रनाथ कुँवरका अनुसार अहिले दैनिक आवत जावत गरेर विमानस्थलमार्फत ४ सयदेखि ७ सय ५० सम्म विदेशी पर्यटक खुम्बुक्षेत्र भित्रिने गरेका छन् ।

कुँवरका अनुसार असोज १४ गते मात्र ७४ वटा फ्लाइट भएको छ जसमा तारा एयरले १४, समिटले १० र सिताले पनि १० वटा उडान भरेको छ भने ४० वटा हेलिले उडान भरेको छ ।
सिजनमा अत्याधिक चाप हुने लुक्ला विमानस्थलको वैकल्पिक मार्गको रूपमा फाप्लु विमानस्थल र ओखलढुंगाको रुम्जारटार विमानस्थल लाई समेत प्रयोग ल्याइएको छ ।
लुक्लामा मौसम प्रतिकूल भई उडान हुन नसक्दा फाप्लुमा यात्रु ओरालेर हेलिमार्फत लुक्ला पठाउन थालिएको छ भने रुम्जाटारलाई पनि सोही रूपमा प्रयोग गर्न लागिएको छ । लुक्लाबाट गएको शुक्रबार र शनिबार दुई दिनमा १ सय ३० वटा उडान भएको छ । विमानस्थलका अनुसार शुक्रबार ७५ र शनिबार ५५ वटा जहाज र हेलिले उडान भरेको हो ।
अफसिजनमा सुनसान बनेको खुम्बुक्षेत्र पिक सिजन सुरु भए सगैं अहिले मान्छेको चाप निकै बाक्लिएको देखिन्छ । त्यस्तै अन्य ठाउँमा दशैको रौनक छाइरहेको बेलामा खुम्बु क्षेत्रमा भने खासै दसंैको चासो दिइँदैन । यो सिजन व्यवसायीहरूका लागि महत्वपूर्ण समय भएकाले उनीहरू व्यवसाय मै व्यस्त बन्ने गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org