ताजा समाचार

त्रिबिको प्रश्‍नपत्र आउट गर्ने विद्यार्थी नेताको अनेरास्ववियुले गर्‍यो सदस्यता खारेज

काठमाडाैँ १७,असोज । गत असोज ११ गते विएसआइ सिएसआइटीको परिक्षाका हुनु पूर्व प्रश्‍नपत्र आउट गर्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सदस्यता लिएको दुई विद्यार्थीको सदस्यता खारेज भएको छ। अनेरास्ववियुले बुधबार एक विज्ञप्ती जारी गर्दै सदस्यता खारेज गरिएको जानकारी गराएको हो।

अध्यक्ष नविना लामाले यस्ता काम जघन्य अपराध भएको भन्दै अमृत साइन्स क्याम्पशका कमलराज जोशी र प्रविण अधिकारीको सदस्यता खारेज गरेको जानकारी गराएकी हुन्। यी विद्यार्थी अहिले प्रहरी हिरासतमा रहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org