नेविसंघमा ३२ वर्षे उमेर हदले कुन्दनलाई धक्का! प्रेमराजलाई चिठ्ठा
काठमाडौं २२,असोज । नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागू भएको छ । आइतबार राति अबेर सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्ने गरी विधान स्वीकृत गरेको हो ।
तर, यो निर्णयमा पार्टी सभापति शेरबहादुर देउवा इतरको रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायत ७ नेताले नोटअफ डिसेन्ट लेखेका छन् ।
११ औं महाधिवेशनबाट स्वीकृत विधानमा १२ औं महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागू गर्ने उल्लेख थियो । तर, महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा ३२ वर्षे उमेर हद हटाउन पार्टीलाई आग्रह गर्याे ।
यसको पछाडि उनीहरुको तर्क थियो, नियमित अधिवेशन हुने भएपछि ३२ वर्षे लागू गरौं । अहिले पार्टीको संस्थापन समूहले आफ्नो स्वार्थअनुकुल उमेर हद ल्यायो ।
तर, कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता ३२ वर्ष उमेर हदको अडानमा रहे । रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका नेताहरुले विधान सम्मेलनको माग गरे तर, ३२ वर्षे उमेर हद कायम राख्ने निर्णय कांग्रेसले नै गर्याे ।
११ औं महाधिवेशनबाट नै प्रवन्ध भइसकेको वैधानिक व्यवस्थालाई हटाउनु उपयुक्त नहुने नेविसंघ अध्यक्ष नैनसिंह महरले जानकारी दिए । महरले भने, ‘अन्तिम अथोरिटी पार्टीको केन्द्रीय समिति हो । त्योभन्दा माथि हाम्रो सुनुवाइ हुने ठाउँ छैन । नेविसंघको महाधिवेशन अब पार्टीले स्वीकृत गरेको विधानअनुसार हुन्छ ।’
नेविसंघको वर्तमान कार्यसमितिको थपिएको तीन महिने म्याद मंसिर २ मा सकिँदैछ । त्यसैले दशैं–तिहारको बीचमा भएपनि महाधिवेशन गर्नुपर्ने दबाव छ ।
तर, पौडेल र सिटौला समूहका नेताहरु भने यो अवधिमा महाधिवेशन नहुने दाबी गर्छन् । ‘विवाद नै नभएपनि हुम्ला, जुम्लाबाट दशैंतिहारको बीचमा कसरी प्रतिनिधि आउँछन् ?’ एक नेताले भने, ‘अहिले त पार्टीका वरिष्ठ नेताहरुले नै नोट अफ डिसेन्ट लेखेका छन् । यस्तो अवस्थामा नैनसिंहले अधिवेशन गर्न सक्दैनन् ।’
‘३२ वर्ष उमेर हदको कुरा झिकेर अधिवेशन नगरेको अपजस छल्न मात्र खोजिएको हो,’ ति नेताले भने ।
कुन्दनलाई धक्का! जोशीलाई चिठ्ठा
युवाबाट प्रौढ उमेरमा प्रवेश गर्दा पनि विद्यार्थी नेता हुनेहरु नेविसंघमा थुप्रै छन् । वर्तमान अध्यक्ष महर स्वयम् ४० कटिसकेका छन् । त्यसैले ३२ वर्षे उमेर हद नेविसंघको दीर्घकालीन हितका लागि उपयुक्त मात्र होइन, अनिवार्य भइसकेको देउवा, पौडेल, सिटौला सबै समूहका नेताहरु स्वीकार गर्दछन् ।
त्यसो भए पौडेल र सिटौला समूहको गलफत्ति किन त ? नेविसंघंमा अहिले देखिएको ३२ वर्षे उमेर हदको समर्थन र विरोध आसन्न महाधिवेशनलाई हेरेर भएको छ ।
नेविसंघको अध्यक्षका लागि थुप्रै नेता आकांक्षी छन् । प्रमुख दावेदारका रुपमा कुन्दनराज काफ्ले देखिएका छन् । हाल महामन्त्री रहेका उनी कृष्ण सिटौलासँग निकट हुन् र चुनाव भएको अवस्थामा उनकै पल्ला भारी हुने नेताहरु बताउँछन् ।
तर, ३२ वर्षे उमेर हद लागू भएपछि कुन्दन नेविसंघको नेतृत्व दौडबाट बाहिरिएका छन् । नेताहरुका अनुसार ३२ वर्षे उमेर हदमा सिटौला समूहले चर्को विरोध गर्नुका मुख्य कारण यही हो ।
रामचन्द्र पौडेल समूहको अवस्था पनि यो भन्दा फरक छैन । भावी अध्यक्षका रुपमा अघि सार्न खोजिएका नेताहरु ३२ वर्ष कटेका छन् । उसो त शेरबहादुर देउवा समूहका सरोज थापाहरुलाई पनि ३२ वर्षे उमेर हदले रोक्छ ।
तर, यो पटक देउवा समूहले प्रेमराज जोशीलाई नेविसंघको अध्यक्ष बनाउन चाहेको छ । सहमहामन्त्री प्रकाशशरण महत निकट उनलाई ३२ वर्ष उमेर हदले छैक्दैन ।
नेविसंघको पदाधिकारीमा ६ जनालाई उमेर हदले छुँदैन । उपाध्यक्षद्वय पवन यादव र सागर परियार, सहमहामन्त्रीत्रय प्रेमराज जोशी, प्रकाश घिमिरे र अम्बिका चलाउने तथा कोषाध्यक्ष शिव रिमाल मात्र ३२ वर्ष उमेर नपुगेका छन् ।
पवन र चलाउने संस्थापन समूहकै हुन् । सागर परियार महामन्त्री शशांक कोइराला निकट मानिन्छन् । उनले आफूलाई रामचन्द्र पौडेलको पनि साथ रहेको दाबी गर्ने गरेका छन् । यसैगरी कोषाध्यक्ष शिव रिमाल नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णका विश्वास पात्र मानिन्छन् । कर्ण रामचन्द्र पौडेल प्यानलका हुन् ।
जोशीलाई शेर्पाको चुनौती !
नेविसंघमा ३२ वर्षे उमेर हद लागू भएपछि प्रेमराज जोशीलाई निकै सहज भएको मानिएको छ ।
तर, रामचन्द्र पौडेल–कृष्ण सिटौला समूह मिल्यो भने उनीहरुले सोचे जस्तो सहज पनि हुने छैन । किनभने सिटौला समूहको बलमा नैनसिंह अध्यक्ष भएका थिए । यो पटक सिटौला समूह पौडेल समूहसँग मोर्चाबन्दी गर्ने रणनीतिमा छ ।
सिटौैला समूहले यदि ३२ वर्षे लागू भइहाल्यो र अधिवेशन हुने भयो भने कसलाई अघि सार्ने भन्ने समेत तय गरेको छ । स्रोतका अनुसार हाल आदिवासी जनजाति विद्यार्थी संघको अध्यक्ष रहेका दुजाङ शेर्पालाई सिटौला समूहले अघि सार्ने तयारीमा छ ।
पौडेल समूहमा भने व्यक्ति टुंगिएको छैन ।
Comments
अरु समाचार
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका...
-
विपीन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग परराष्ट्रमन्त्री डा. राणाको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...