ताजा समाचार

सरकारको काम सुस्त भयो, गियर चेन्ज गरेपछि बल्ल पिकअप लिन्छःरायमाझी

काठमाडौं २४, असोज। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् सांसद टोपबहादुर रायमाझीले सरकारको काम सुस्त भएको बताएका छन् । ‘सरकारले अब गियर चेन्ज गर्नुपर्छ । अहिले काम अलि सुस्त देखिएको छ । गियर चेन्ज गरेपछि बल्ल पिकअप लिन्छ ।’ उनले भने ।

महँगीदेखि भ्रष्टाचारका सवालमा पनि अहिले जनताका गुनासाहरु रहेको भन्दै नेता रायमाझीले त्यसलाई सम्बोधन गर्दै सरकारे जनताको सेवामा तीव्र रुपमा अघि बढ्नु पर्नेमा जोड दिए । रायमाझीले अघि थपे, ‘सरकारले अब ‘गियर’ चेन्ज गरेर तीव्र गतिमा जनता र राष्ट्रको पक्षमा लागिपर्न म आग्रह गर्दछु ।’

देश राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै नेता रायमाझीले दुई तिहाईको वर्तमान सरकारले विकास र समृद्धिको लागि, राष्ट्र निर्माणको मार्गचित्र निर्माण गरेर द्रुत गतिमा अघि बढ्नुपर्ने बताए ।

‘सरकारले राष्ट्र र जनताको आवश्यकत्ता पूरा गर्नुपर्छ । यसै सन्दर्भमा हामीले अब विकासको लागि काम गर्न पुरानो परम्परा र संस्कार छोडेर अगाडि बढ्नुपर्दछ,’ रायमाझीले अघि भने, ‘नयाँ परम्परा, नयाँ विचार, नयाँ योजना र नयाँ संस्कारसहित हामी अगाडि बढ्नुपर्दछ ।’

यद्यपि, अहिलेपनि पुरानै संस्कार र पुरानै संविधानको धंगधंगीहरु नेता रायमाझीले बताए । यसले गर्दा सरकारलाई द्रुत गतिमा अघि बढ्न कठिनाइ भएको उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org