ताजा समाचार

एनआरएनए विज्ञ सम्मेलन सुरु हुँदै, यस्ता छन् एजेन्डा

काठमाडौँ २६ असोज । गैरआवासीय नेपाली संघ एनआरएनएको आयोजनामा काठमाडौँमा आज विज्ञ सम्मेलन सुरु हुँदैछ । नेपाल भित्र र बाहिर रहेका करिब ४ सय विज्ञहरू सम्मेलनमा सहभागी हुँदैछन् ।

नेपाल सरकारको सहकार्यमा हुने सम्मेलनमा कृषि उत्पादन र उर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातावरणीय प्रदुषण न्युनिकरण, व्यवस्थित शहरको विकास, पुर्वाधार विकास, जलविद्युत, व्यवसाहिक शिक्षा, स्वास्य शिक्षा, संघियतामा शिक्षाको मोडल लगायत विषयसँग सम्बन्धित १ सय ६० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने संयोजक हेमराज शर्माले जानकारी दिए । सम्मेलननको उद्घाटन प्रधानमन्त्री केपी शर्मा
ओलीले साँझ ६ बजे गर्नेछन् ।

यसैबीच गैरआवासीय नेपाली संघको संरचनामा समय–सापेक्ष सुधार गर्न, निर्वाचनलाई व्यवस्थित बनाउन तथा संघको कार्य–प्रणालीलाई अझ चुस्त बनाउन आज विधानसभाको आयोजना गरिएको संयोजक शर्माले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org