फोहर सङ्कलन केन्द्र निर्माण तीब्र गतिमा
नेपालगञ्ज । नेपालगञ्जको फोहरमैला व्यवस्थापनका लागि फोहर सङ्कलन केन्द्र (ल्याण्डफिल्ड साइड) निर्माण भइरहेको छ । फोहर सङ्कलन केन्द्रको काम २८ महीनाको ७० प्रतिशत पूरा भएको छ ।
विसं २०७३ भदौमा एशियाली विकास बैङ्क र नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतको एकीकृत शहरी विकास आयोजनाबीच सम्झौता भई काम शुरु गरिएको हो । तोकिएको समयमा निर्माण पूरा नभएपछि नौ महीना थप गरिएको छ । करीब १३ बिगाहा क्षेत्रफलमा निर्माण भइरहेको फोहर सङ्कलन केन्द्र निर्माण भएपछि नेपालगञ्जको फोहरमैलालाई सहजै व्यवस्थापन गर्न सकिने नगर उपप्रमुख उमा थापामगरले बताएका छन् ।
कूल लागत रु ३३ करोड ८८ लाख २७ हजारमा एकीकृत शहरी विकास आयोजनाले २० महीनामा निर्माण गर्ने गरी रेमकी एण्ड एन ए एन सी जेभि कुलेश्वरलाई सम्झौता गरी निर्माणको जिम्मा दिइएको छ ।
दैनिक २४ टन फोहर भण्डारण गर्ने क्षमता भएको ल्याण्डफिल्डमा फोहर ल्याएपछि पहिले कुहिने खालको फोहरबाट कम्पोष्ट मल तयार गरिनेछ र नकुहिने फोहर सेलमा राखेर माटोले च्यापेर राख्ने नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण इञ्जिनीयर प्रकाश डिसीले बताएका छन् । केन्द्रमा सङ्कलन हुने फोहरबाट तयार गरिएको कम्पोष्ट मल बिक्री गरेर फोहरलाई मोहरमा परिणत गर्ने नगरपालिकाको योजना छ ।
Comments
अरु समाचार
-
मङ्सिर २४ देखि २७ सम्म ‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै
काठमाडौं । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बाह्रौँ संस्करणको महोत्सव यही मङ्सिर २४ देखि २७...
-
नेपालमा पहिलो पटक ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन सुरु भएको छ ।...
-
देशभर मौसम बदली, ५६ जिल्ला उच्च जोखिममा
काठमाडौँ । नेपालमा आज (बिहीबार) देखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग,...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
दुर्लभ कीर्तिमानी कायम गदै पूर्जा, ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल बिना अक्सिजन आरोहण
काठमाडौं । पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गदै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
सेलवेज क्यास एण्ड क्यारीले करोडौं रुपैयाँ राजस्व छली गरेको खुलासा
काठमाडौं । 'गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवा' लाई आफ्नो मूलमन्त्र बनाएको दाबी गर्दै विगत तीस बर्षदेखि चेन...
-
आफ्नो गल्ती सच्याइदिन तर मनोबल नघटाउन चन्द्रकला सखीको आग्रह
काठमाडौं । पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ट्रोललाई लिएर चिन्तित देखिएकी छन् । शुक्रबार ...
-
प्रधानको नाम संसदीय समितिद्वारा अस्वीकृत
काठमाडाैं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेको छ । निर्वाचन आयुक्तमा सिफारिस भएका...