न्यायका लागि अनिश्चितकालीन धर्ना बस्दै निर्मलाका आमाबुवा
कञ्चनपुर । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन महिना वितिसकेको छ । लामो समयसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनको परिवार आइतबारदेखि धर्ना बसेकान छन् । उनीहरू यसपाली अनिश्चितकालीन धर्नामा बस्ने भएका हुन् ।
निर्मलाका बुवा यज्ञराज पन्तले छोरीले न्याय नपाएसम्म धर्ना बसिरहने बताए । ‘छोरीले न्याय नपाएसम्म धर्ना बसिरहन्छु । निर्मला सबैकी छोरी हो’ उनले भने, ‘अन्य छोरीले मेरो छोरीको जस्तो नियति भोग्नु नपरोस् भन्नका लागि पनि अनिश्चितकालीन धर्नामा साथ दिन सबैलाई आग्रह गर्छु ।’
बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालयअगाडि हुने अनिश्चितकालीन धर्नामा अधिकारकर्मी र नागरिक समाजले पनि समर्थन गर्ने भएका छन् । मदनचोकबाट र्याली निकालेर जिल्ला प्रशासनअघि पुगेर धर्नामा बस्ने कार्यक्रम रहेको नागरिक संघर्ष समितिले जनाएको छ ।
हत्यारा पत्ता लगाउन प्रहरीले शुरुदेखि लापरबाही गरेको निर्मलाका परिवारको आरोप छ । निर्मलाकी आमा दुर्गाले हत्यारा पत्ता लगाउँछु भनेर सबैले आश्वासन मात्र दिएको बताउँछिन् । उनले छोरीको हत्यारा पत्ता नलागेसम्म आफू र आफ्ना अन्य २ छोरी पनि असुरक्षित रहने बताइन् ।
उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा शंकास्पद देखाइएका र प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीलाई हिरासतमा लिएर अनुसन्धान गर्नुपर्ने माग निर्मलाका आफन्त र स्थानीयको छ । साउन १० गते प्रहरीलाई खबर गरेकै बेला खोजी नगरिदिने र दोस्रो दिन लास फेलापछि सबै प्रमाण नष्ट गर्ने प्रहरीलाई हिरासतमा लिएर अनुसन्धान नगरिएको गुनासो पनि उनीहरुको छ । निर्मलाको न्यायका लागि पटकपटक भएका आन्दोलनमा एक जनाको मृत्यु भइसकेको छ भने केही घाइते छन् ।
Comments
अरु समाचार
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...
-
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
काठमाडौं । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि...