श्रीमतीको उपचार गर्न प्रचण्ड बेनी बजारमा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल अहिले म्याग्दीको बेनीमा छन्। पत्नी सीता दाहालको उपचारका लागि म्याग्दी पुगेका दाहाल बुधबारसम्म त्यहीँ बस्नेछन्।दाहालसँगै नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा पनि पत्नी नैनकला थापासहित म्याग्दी पुगेका छन्।
दाहाल र थापा परिवार नेपाली सेनाको एमआई १७ हेलिकप्टर चढेर सोमबार म्याग्दी गएको हो। अर्थुङ्गेस्थित नेपाली सेनाको श्रीबक्स गुल्ममा सेनाको हेलिकोप्टरबाट ओर्लिएका दाहाल र थापा परिवार सात किलोमिटर गाडीको यात्रापछि दिउँसो २ बजे तातोपानी कुण्ड पुगे। अध्यक्ष दाहाल, गृहमन्त्री थापा दम्पत्तिले दिउँसो २ बजेदेखि ४ बजेसम्म कुण्डमा वाटर थेरापी गराए।
‘उहाँहरू हेलिकप्टर चढेर आउनुभएको हो। हेलिकप्टर हिजै फर्कियो। अब भोलि (बुधबार) लिन आउँछ होला’, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘म्याग्दी गएका बेला गृहमन्त्री थापा केही सार्वजनिक कार्यक्रममा पनि सहभागी भएका छन्।’
‘जिल्ला आपतकालिन व्यवस्थापन कार्यसञ्चालन केन्द्र उद्घाटन गर्न गृहमन्त्री बेनी आउनुभएको हो। केन्द्रको सोमबार उद्घाटन भयो। गृहमन्त्रीले आज कालिगण्डकी नदी तटबन्ध अवलोकन गर्नुभयो’, प्रजिअ अधिकारीले सेतोपाटीसँग भने, ‘प्राकृतिक उपचारका लागि अध्यक्ष प्रचण्डसहित उहाँहरु तातोपानी कुण्डमा स्नान पनि गर्नुभयो।’
दाहालका प्रेस सहयोगी विष्णु सापकोटाले तातोपानीमा नुहाउँदा बिरामीलाई आराम हुन्छ भन्ने सुनेर सीताको उपचारका लागि दाहाल बेनी गएको बताए।
‘मेडम (सीता) को उपचारका लागि अध्यक्ष तातोपानी कुण्ड जानुभएको हो’, सापकोटाले सेतोपाटीसँग भने, ‘तातोपानीमा थेरापीका तीन दिने, सात दिने, अठार दिने कोर्स हुने रहेछ। तीन दिनको कोर्स सकेर उहाँहरु बुधबार फर्कनुहुन्छ।’
दाहाल र थापा परिवारले मंगलबार पनि चार घन्टा तातोपानीमा बिताउनेछन्। बुधबार पनि एक पटक तातोपानीमा थेरापी गरेर उनीहरू काठमाडौं फर्कनेछन्।केही समयदेखि बिरामी रहेकी सीतालाई स्वदेशका विभिन्न अस्पतालमा परीक्षण गर्दा रोग एकीन नभएपछि उनलाई सिंगापुरलगायत विदेशका अस्पताल लगिएको थियो। सीता मस्तिष्कसम्बन्धी रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छन्।
तातोपानीमा महिला र पुरूषका लागि बेग्लाबेग्लै नुहाउने ठाउँ बनाइएको छ। प्राकृतिक मुलबाट निस्केको कुण्डको पानी ५० डिग्री सेल्सियसको रहेको छ। यो कुण्डमा नुहाउन प्रतिव्यक्ति तीन सय तिर्नुपर्छ। कुण्डमा शरीरका बाहिरी भाग (घाँटीमूनिका भाग) डुबाएर उपचार गरिन्छ। कुण्डको तातोपानीबाट बाहिर निस्केपछि पनि तातोपानी नै आउने धारामा नुहाउने गरिन्छ। तातोपानी कुण्डमा डुबुल्की मार्दा नशा, बाथ, ढाड दुखेको, शरीर सुन्निएकोलगायत समस्या कम हुने जनविश्वास छ। स्वदेशी र विदेशी गरी कुण्डमा अहिले २५० जनाभन्दा बढी विरामीले प्राकृतिक उपचार गराइरहेका छन्।
कुण्डमा सल्फर र गन्धकको मात्रा धेरै भएकोले एकै पटक धेरै जनाले नुहाउँदा पनि एउटालाई लागेको रोग अर्कोलाई नसर्ने तातोपानी व्यवस्थापन समितिले जनाएको छ।
Comments
अरु समाचार
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...












