नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेश गरेको नागरिकता नक्कली भएको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई मङ्गलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ बस्ने दिनेशकुमार साह र अरविन्दकुमार सर्राफ रहेका छन् । साहले नक्कली नागरिकताको आधारमा राहदानी लिन खोज्दा तथा सर्राफले झुठो विवरण पेस गरी २०६३ सालमा लिएको नागरिकताको आधारमा छोराको नागरिकता बनाउन खोज्दा पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनुभयो ।
अनुसन्धानको क्रममा सर्राफको नेपाल भारत दुवैतर्फका नागरिकता भेटिएकाले यसबारेमा थप अनुसन्धान भइरहेको बताइएको छ । २०६३ सालमा स्थानीय जनप्रतिनिधिको सिफारिशमा टोलीले जथाभावी नागरिकता वितरण गर्दा त्यसको मौका छोपी ५० प्रतिशतभन्दा बढी भारतीयले नक्कली विवरण पेश गरी नेपाली नागरिकता लिएकाले त्यसको छानबिन हुनुपर्ने वीरगञ्जवासीको मांग रहेको छ । रासस
Comments
अरु समाचार
-
प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार...
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...