भूकम्पपीडितलाई तेस्रो किस्ता वितरण
पर्वत । भूकम्पले क्षति पु¥याएर नयाँ घरनिर्माण गरेका यहाँका लाभग्राहीलाई तेस्रो किस्ता वितरण गर्न थालिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहबाट घर सम्पन्न गरी तेस्रो किस्ता माग गर्ने लाभग्राहीको निवेदन आउन थालेपछि अन्तिम किस्ता दिइएको हो । अहिलेसम्म पर्वतमा १६ जनाले मात्रै तेस्रो किस्ताबापतको रकम लगेका छन् । सबैलाई अन्तिम किस्ता भुक्तानी गर्न थालिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।
भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका पाँच हजार २६९ घरमध्ये हालसम्म एक हजार ५८० घर मात्र निर्माण भएका छन् । घर निर्माणाधिन अवस्थामा रहेका र निर्माण गरिसकेका एक हजार पाँच ८० लाभग्राहीले अहिलेसम्म दोस्रो किस्ताको रकम समेत बुझिसकेका छन् । तीमध्ये १६ जनाले मात्र तेस्रो किस्ता बुझेको प्रमुख जगदीश शर्माले जानकारी दिनुभयो ।
पहिलो किस्ताको रकम लगेका चार हजार आठ सय ३२ जनामध्ये तीन हजार २५२ जनाले घर निर्माण गर्न शुरु नै गरेका छैनन् । ४३७ जनाले पहिलो किस्ताको रकम समेत बुझेका छैैनन् । पहिलो किस्ता बापतको रकम रु २४ करोड १६ लाख लाभग्राहीलाई भुक्तानी गरिसकिएको छ । दोस्रो किस्ताबापतको रकम रु २३ करोड ७० घर बनाएकाले भुक्तानी लगिसकेको छन । त्यस्तै तेस्रो किस्ताबापत रु १६ लाख पनि लाभग्राहीलाई वितरण गरिसकिएको कार्यालयले जनाएको छ । हालसम्म पूर्ण क्षतिमा परेर घर निर्माण गर्नेका लागि मात्र रु ४८ करोड दुई लाख भुक्तानी गरिसकिएको आयोजनाले जनाएको छ ।
अहिलेसम्म पनि घर बनाउन शुरु नगरेका र घर बनाउन नचाहेकालाई पहिलो किस्ताबापत लगेको रकम फिर्ता गर्न ताकेता गरिएको शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घर बनाउन नचाहानेका लागि सार्वजनिक सूचना जारी गरेरै रकम फिर्ता गर्न ताकेता गरेका छौ ।” आगामी वैशाख सम्म रकम फिर्ता नगर्नेका लागि सरकारी बाँकी सरह असुल उपर गरिने शर्माले जानकारी दिनुभयो ।
पीडित लाभग्राहीलाई अझैपनि तोकिएको मापदण्डअनुसार घर निर्माण गरेर दोस्रो, तेस्रो किस्ताका लागि माग गर्न आग्रह गरिएको छ । कतिपयले पूर्ण क्षतिमा परेको भए पनि पुरानै घरलाई टालटुल पारेर बसिरहेको समेत पाइएको छ । त्यस्तै आंशिक क्षतिमा परेका ११३ जनाले रु एक लाख लिइसकेको पनि कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












