सात करोड लगानीमा सुविधासम्पन्न रिसोर्ट
परासी । पश्चिम नवलपरासीको सुनवल–१२ भूमहीमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । रु सात करोडको लगानीमा स्थानीय व्यवसायी कृष्ण नारायण श्रेष्ठले ‘नेचर रे रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याउनुभएको हो ।
जिल्लाकै सुविधासम्पन्न मानिएको सो रिसोर्टमा एक हजार व्यक्ति अट्ने एसीसहितको सुविधायुक्त हल निर्माण गरिएको छ । यसैगरी एसी बैङ्क्वेट हल, सम्मलेन हलसहित रिभर साइट ओपेन रेष्टुरेण्ट, गार्डेन साइड ओपेन रेष्टुरेण्ट, हिल साइड रेष्टुरेण्ट, ११ वटा एसी डिलक्स कक्ष, सांस्कृतिक घरलगायतका सुविधा रहेको रिसोर्टका प्रबन्धक नवीन्द्र बस्यालले जानकारी दिनुभयो ।
बाह्र कठ्ठा जग्गामा स्थापना गरिएको सो रिसोर्टमा स्विमिङपुल र चाइल्ड स्यालाडिङ पार्क केही दिनमै सञ्चालनमा आउने उहाँले बताउनुभयो । रिसोर्टको विहीबार प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल र प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । पछिल्लो समय भूमही क्षेत्रमा होटल तथा रेष्टुरेण्ट स्थापना हुने क्रम बढ्दो छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












