हुलाकी राजमार्ग सडकको कालोपत्र गर्न शुरु
नेपालगञ्ज । बाँकेमा हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र गर्ने काम शुरु गरिएको छ । आज पहिलो दिन पुरैनादेखि साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको इञ्जिनीयर तुलसीराम भण्डारीले जानकारी दिनुभयो ।
नेपालगञ्जको पुरैनादेखि सुइया बघौडासम्मको ४४ दशमलव ६ किलोमिटरको हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्रे हुने बताइएको छ । योजनाको बजेट सरकारले नियमित उपलब्ध गराउँदै गएमा २०७६ साउनसम्ममा काम सक्ने गरी कालोपत्रे शुरु गरिएको इञ्जिनीयर भण्डारीले बताउनुभयो ।
“निर्माणाधीन सडकखण्डको ठाउँठाउँमा जग्गा अधिग्रहणसम्बन्धी विवाद समाधान नभएकाले ती स्थानलाई छाड्दै सडक कालोपत्रे गरिनेछ”, इञ्जिनीयर भण्डारीले भन्नुभयो ।
यसैबीच, नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा शिवचोकबाट पुरैनासम्मको सडक ११ मिटर चौडा हुनुपर्नेमा सात मिटरमै बनाउन थालेको भन्दै स्थानीयवासीले अवरोध गरेका छन् ।
सडकमा घर परेका स्थानीयवासी रामनारायण बर्माले आफ्नो घर भत्काउन आलटाल गरेपछि अन्य स्थानीयवासीले भने मापदण्डआनुसारकै सडक संरचना निर्माण हुनुपर्ने माग गरेका हुन् ।
स्थानीय बर्माले आफ्नो घर अगाडिको नाली आफँै निर्माण गर्न थालेपछि नगर प्रहरीले स्थानीयवासीको आग्रहमा ढलान गरेको नाली भत्काएको छ । सहमतिको आधारमा समाधान गरेर सडक बनाउने उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले बताउनुभयो ।
हर्न बजाउनेलाई जरिवाना
नेपालगञ्जमा हर्न निषेध उल्लङ्घन गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही शुरु गरेको छ । पहिलो पटक नगद जरिवाना गरेर छोडिएको ट्राफिक कार्यालय नेपालगञ्जले जनाएको छ । आइतबार १२ सवारीसाधनलाई जरिवाना गरिएको छ ।
‘नो हर्न’ क्षेत्रमा हर्न बजाएकाले दुई बस, दुई ट्रक, तीन जिप र पाँच मोटरसाइकललाई ट्राफिकले प्रत्येक सवारीसाधनबाट रु ५०० का दरले जरिवाना लिएको जिल्ला ट्राफिक कार्यालय नेपालगञ्जका प्रमुख हिरेन्द्र रोकायले जानकारी दिनुभयो ।
अवैद्य काठ बरामद
बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियाबाट प्रहरीले गए राति अवैध काठ बरामद गरेको छ । जिल्लाको इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रमुख प्रहरी सहायक निरीक्षक देवबहादुर केसी नेतृत्वको प्रहरी टोलीले करीब रु ४० हजार मूल्य बराबरको पाँच थान सालको काठको गोलिया बरामद गरेको हो ।
सीमावर्ती भारतीय जङ्गलबाट फडानी गरेर ल्याएको काठ प्रहरी टोली देखेपछि तस्करले काठ फालेर भागेका थिए । बरामद गरिएको काठ आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












