शीतभण्डार सञ्चालनमा आएपछि किसानलाई सहज
लमही । दाङको लमहीमा शीतभण्डार सञ्चालनमा आएपछि किसान खुशी भएका छन् । तरकारीका लागि लमही पकेट क्षेत्र भए पनि शीतभण्डार नहुँदा कुहिएर जाने अवस्थाको अन्त्य भएको लमहीका किसान शनिराम चौधरीले बताउनुभयो । “हामीले योभन्दा पहिले धेरै तरकारी कुहिएर त्यसै फाल्नु परेको थियो”, उहाँले भन्नुभयो, “शीतभण्डार सञ्चालनमा आएपछि अब तरकारी कुहिने डर छैन ।” उहाँले अहिले शीतभण्डारमा चार हजार ७५० किलो आलु भण्डारण गर्नुभएको छ ।
अब आफूले उत्पादन गरेको तरकारी र बीउलाई कुहिनबाट जोगाउन सहज भएको अर्का किसान खुशीराम चौधरीले बताउनुभयो । “यसअघि धेरै तरकारी बिक्री नहुने र भण्डारण गर्ने ठाउँ नहुँदा कुहिएर फाल्नुपर्ने अवस्था थियो, बीउ पनि काठमाडौँबाट ल्याउनुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “अब भने त्यो अवस्थाको अन्त्य भएको छ ।”
लमही नगरपालिका–३ टिकुलीगढमा प्रदेश ५ कै सबैभन्दा धेरै भण्डारण क्षमता भएको शीतभण्डार सञ्चालनमा आएको हो । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना नेपालगञ्जको रु दुई करोड ९९ लाख ४२ हजार र राप्ती उद्यम प्रालिको संयुक्त गरी करीब रु नौ करोड ६८ लाख ५० हजार लगानीमा तीन हजार २०० मेट्रिकटन भण्डारण क्षमता भएको शीतभण्डार सञ्चालनमा आएको हो ।
राप्ती उद्यम प्रालिका अध्यक्ष देवानजङ्ग चौधरीका अनुसार अहिले परीक्षणका रुपमै शीतभण्डारबाट किसानलाई सेवा दिइएको छ । भण्डारमा तीनवटा मल्टिचेम्बर रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार गत फागुन महीनादेखि आलु, फलफूल तथा धान भण्डारण गरिएको छ ।
परीक्षणकै रुपमा १२३ मेट्रिकटन आलु सुरक्षित भण्डारण गरिएको हो । आउँदो माघ महीनादेखि दाङ, प्यूठान, सल्यान, रोल्पा, अर्घाखाँची तथा कपिलवस्तुका किसानको कृषिजन्य वस्तु भण्डारण गरिनेसमेत अध्यक्ष चौधरीको भनाइ छ । “हामीले प्रदेशकै सबैभन्दा बढी क्षमताको शीतभण्डार सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “उक्त शीतभण्डारमा प्रदेशका सबै किसानको कृषिजन्यवस्तु भण्डारण गर्ने लक्ष्य लिएका छौँ ।”
शीतभण्डारमा बीउ आलुका लागि एक हजार ६०० मट्रिकटन, खाने आलुका लागि एक हजार मेट्रिकटन र तरकारी तथा फलफूलका लागि ६०० मेट्रिकटन क्षमता भएको अलगअलग चेम्बर रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।
यसैबीच भण्डारको प्रदेससभा सदस्य रेवतीरमण शर्माले अवलोकनसमेत गर्नुभएको छ । त्यसअवसरमा लमहीमा शीतभण्डार सञ्चालनमा आउनु राम्रो कुरा भएको भन्दै यसमा आफूले पनि प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












