उखु क्रसिङको ढिलाइले खेत बाँझै
बर्दिवास । उखु क्रसिङमा ढिलाइ हुँदै जाँदा महोत्तरीका किसान अघिल्लो बाली लगाउन नपाइने चिन्ताले पिरोलिएका छन् ।
जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट चिनी उद्योगले पुस लागे पनि उखु क्रसिङ नगर्दा उखु कटान गर्न ढिलाइ भएको छ । नयाँबाली लगाउने समय वित्न लागेपछि किसानलाई जग्गा बाँझो रहने चिन्ताले पिरोलेको छ । खुट्टी उखु (दोस्रो वर्षको उत्पादन लिइने उखुबाली) काटेर गहुँ र वैशाखी तरकारी बाली पुस तेस्रो साताभित्रै लगाई सक्नुपर्नेमा उखु क्रसिङ अझै नहुँदा किसान चिन्तामा छन् । पुस तेस्रो साताभित्र बाली लगाउन नपाए पाँच महीना जग्गा बाँझो बस्ने किसान बताउँछन् ।
“गहँु र वैशाखी तरकारीलगायत बाली पुस अन्तिमसम्म लगाइसक्नुपर्छ”, भङ्गाहा नगरपालिका–४ का लक्ष्मी महतोले भन्नुभयो, “खुट्टी उखु काटेर खेत खाली गर्ने कुनै सुरसार छैन ।” खुट्टी उखु कटान गरेर नयाँ बाली लगाउन नपाए वैशाखसम्म नयाँबाली लगाउने सम्भावना नरहने उहाँ बताउनुहुन्छ । अहिले जिल्लामा करीब आठ हजार हेक्टर जग्गामा उखु खेती गरिएको छ । पाँच हजार हेक्टरमा खुट्टी उखु रहेको उखु उत्पादक सङ्घ रामनगरका अध्यक्ष श्याम शाशङ्करले बताउनुभयो ।
विगतमा मङ्सिर दोस्रो साताभित्रै मिल सञ्चालन हुँदा खुट्टी उखु कटान गरेर नयाँ बाली लगाउने समय पाइने गरेको भए पनि पछिल्ला चार वर्षयता यो तालिका खल्बलिएको किसान बताउँछन् । गहुँ र वैशाखी तरकारी बाली लगाउन नपाउँदा वैशाख अन्त्यसम्म बाँझो बसेर घर गुजारामै समस्या पर्ने गरेको भङ्गाहा–४ का लाली महतो बताउनुहुन्छ । उर्बर जग्गा पाँच महीना बाँझो रहे परिवार कसरी पाल्ने भन्ने चिन्ता किसानलाई छ ।
समयमा क्रसिङ नहुँदा, तौल नहुँदा, क्रसिङपूर्व मूल्य निर्धारण नहुँदा र उखुको मूल्य समयमा नपाइँदा किसान दिक्क भएर अब उखु खेती छाड्ने मनस्थितिमा पुगेका छन् । “वर्षेनी उखुको मूल्यको किचलो र मिल (उद्योग) सञ्चालनमा ढिलाइ हुन्छ”, बर्दिवास नगरपालिका–१२ विजलपुराका किसान विश्वनाथसिंह कुशवाहा भन्नुहुन्छ, “कति दिन यो झमेला धान्नु किसानले ? अब विकल्प खोज्नै पर्छ ।”
उखु ठीक समय (मङ्सिर चौथो साताको प्रारम्भ) मा क्रसिङ नखुल्दा पछि हुरी बतास चल्न थालेपछि मिल (उद्योग) बन्द भएर खेतमै उखुमा आगो लगाउनु परेको किसान विगत सम्झन्छन् । गत वर्ष वैशाखमै उद्योग बन्द हुँदा आपm्नो १० कट्ठा क्षेत्रफलको उखुबाली खेतमै डढेलो लगाउनु परेको भङ्गाहा–४ का किसान केशवराज शर्माले बताउनुभयो ।
यसपालि पनि उखुको मूल्यको झमेलाले उद्योग उखु क्रसिङमा तातेको छैन । किसानसम्बद्ध सङ्घका प्रतिनिधिले यसपालि सरकारले उपलब्ध गराउने भ्याट रकमसहित प्रतिक्विण्टल रु ५४५ पाउनु पर्ने माग गरेका छन् । यता उद्योगहरूले भने गत वर्ष दिइएको रु ५३१ (सरकारले भ्याटबापत दिने रकमसहित) प्रतिक्विण्टलबाट झरेर सरकारले दिने प्रतिक्विण्टलमा ६५ रुपैयाँ भ्याटबाहेक ३८० मात्र दिनसक्ने जनाउँदै आएका छन् । यद्यपि गत वर्ष भ्याटबापत सरकारले दिने भनिएको प्रतिक्विण्टल रु ६५ किसानले अझै नपाएको उखु उत्पादक सङ्घ र उखु उत्पादक कृषक सङ्घलगायतका प्रतिनिधिले बताएका छन् ।
नेपाल चिनी उत्पादक महासङ्घका प्रतिनिधि एवं एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज रामनगर (महोत्तरी) का कार्यकारी सञ्चालक सरेशकुमार सर्राफले सरकारले विदेशी चिनी आयात नरोक्दा आफ्नो उत्पादन गोदाममा थन्किएको गुनासो गर्नुहुन्छ । उहाँका अनुसार उखुको मूल्य सधैँ हचुवाको भरमा हुँदै आएको छ । उद्योग सञ्चालनमा लागेको पूँजीको ब्याज, उद्योगस्थलको भाडा, किसानको खेतीमा लागत र उत्पादनसमेतको वैज्ञानिक लेखाजोखा गरेर सरकारले उखुको मूल्य तोक्नुपर्ने उहाँ बताउनुहुन्छ । अब विगत वर्ष जस्तो मूल्य दिनसक्ने अवस्थामा उद्योग नरहेको उद्योगीको भनाइ छ ।
उखु किसानसम्बद्ध सङ्घ, संस्था र चिनी उत्पादक महासङ्घका प्रतिनिधिलाई राखेर सरकारले निर्धारण गर्ने मूल्यलाई भने दुवै पक्षले स्वीकार गर्ने बताउँदै आएका छन् ।
यो निकास नआउँदासम्म उखु कटान र क्रसिङमा अन्योल बढेको सर्वसाधारण किसान बताउँछन् । यसले उखुमात्र नभएर अन्य खेतीबालीलाई पनि प्रभावित पारिरहेकाले चाँडै निकास दिनुपर्ने माग किसानको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












