दोहोरो अंकले घट्यो शेयर
काठमाडौँ । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८ दशमलव १७ विन्दुमा झरेको छ ।
‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार विन्दुले घटेर २४८ दशमलव ५९ विन्दुमा पुगेको छ । स्टककाअनुसार आज कूल १५९ कम्पनीको १४ लाख ७८ हजार ७२४ कित्ता शेयर रु ५३ करोड २३ लाख २५ हजार ६४६ मूल्यमा खरीद बिक्री भए ।
कारोवार भएका दश उपसमूहमध्ये आज आठ उपसमूहको शेयर ओरालो लागेका छन् भने दुई उपसमूहको शेयर वृद्धि भएको छ । उत्पादन नौ दशमलव तीन एक र अन्य पाँच दशमलव ३८ विन्दुले बढेको छ । यस्तै बैंकिङ १५ दशमलव ६४, होटल पाँच दशमलव ५४, विकास बैंक २० दशमलव ७२, जलविद्युत् १६ दशमलव १४, वित्त शून्य दशमलव तीन छ, निर्जीवन बीमा १९२ दशमलव ३२, लघुवित्त १८ दशमलव ४८ र जीवन बीमा ४९ दशमलव ९३ बिन्दुले घटेका छन् ।
घटेको बजारमा समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । यस्तै विजय लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रो पावर, स्वरोजगार लघुवित्त विकास बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












