सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र
गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण थालेको हो । किसानलाई व्यावसायिक रुपमा खेती गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिचयपत्र वितरण गरिएको परियोजनाका प्रमुख अजय अधिकारीले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा जिल्लाभरका एक हजार दुई सय अमिलो जातका फलफूलको व्यावसायिक खेती गर्दै आएका किसानलाई परिचयपत्र वितरण गर्ने योजना छ ।
“सुन्तला जोन क्षेत्रभित्रका सबै किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेका छाँै”, उहाँले भन्नुभयो । परिचयपत्र लिन किसानले निवेदनसँगै दुईप्रति फोटो, नागरिकताको फोटोकपी र लालपुर्जाको फोटोकपी बुझाउनुपर्ने व्यवस्था गरिएको छ । परिचयपत्र लिन चाहने किसानले कम्तीमा २० बोट सुन्तला, अमिलो, कागती वा अमिलोजातका फलफूल खेती गरेको हुनुपर्ने परियोजनाका सञ्चालक समितिका संयोजक धुव्रप्रसाद खनालले जानकारी दिनुभयो ।
परिचयमार्फत किसानले बारीमा लगाएका सुन्तलाको बोटको सङ्ख्या, उत्पादन भइरहेको बोटको सङ्ख्या र हुर्कँदै गरेको सुन्तलाको बोटको जानकारी लिन सकिने संयोजक श्रेष्ठले बताउनुभयो । “परिचयपत्र वितरणपछि किसानलाई उपलब्ध गराइने अनुदानलाई व्यवस्थित गर्न सहज हुनेछ,” उहाँले भन्नुभयो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












