एनआईसी एसियाले बैङ्क केही समयपछि मोबाइलबाटै कर्जा दिने
टोलटोलमा बैङ्कपछि हातहातमा बैङ्क यस वर्षको ठूलो योजना भएको उनले जानकारी दिए । उनले चेकबाट हुने कारोबारलाई घटाउन हातहातमा बैङ्क योजना लागू गर्न लागेको स्पष्ट पारे । एनआईसीको यो योजनाले मोबाइलबाट सम्पूर्ण बैङ्किङ कारोबार हुने उनले जानकारी दिए ।
काठमाडौं । टोलटोलमा बैङ्क भन्ने योजनाको सफलतापछि एनआईसी एसिया बैङ्कले ग्राहकको हातहातमा बैङ्क पुर्याउने भएको छ ।
एनआईसीले हाल सञ्चालनमा रहेको डिजिटल बैङ्किङलाई अझ विकशित गरी हातहातमा बैङ्क योजना ल्याउन लागेको हो । हातहातमा बैङ्क अवधारणा कार्यान्वयनमा ल्याउने तयारी भइरहेको एनआईसीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० रोशनकुमार न्यौपानेले बताए । ‘अब बैङ्कको कारोबार गर्न एनआईसी एसियामा आउनु नै नपर्ने गरी प्रविधिको विकास गर्न लागेका छौं,’ उनले भने, ‘अब विस्तारै मोबाइलबाट सबै बैङ्किङ कारोबार गर्नेछौं ।’
टोलटोलमा बैङ्कपछि हातहातमा बैङ्क यस वर्षको ठूलो योजना भएको उनले जानकारी दिए । उनले चेकबाट हुने कारोबारलाई घटाउन हातहातमा बैङ्क योजना लागू गर्न लागेको स्पष्ट पारे । एनआईसीको यो योजनाले मोबाइलबाट सम्पूर्ण बैङ्किङ कारोबार हुने उनले जानकारी दिए ।
हाल ६ लाखले मोबाइल बैङ्किङ सेवा लिएकामा यसलाई बढाउने योजना एनआईसी एसियाको छ । क्यापिटल नेपालसँग कुरा गर्दै सीईओ न्यौपानेले कुल कारोबारको ३५ प्रतिशत डिजिटल बैङ्किङ कारोबार हुने गरेकोमा यस वर्ष बढाएर ५० प्रतिशत पुर्याउने योजना सार्वजनिक गरे ।
हाल पैसा झिक्ने, रकम ट्रान्सफर गर्नेलगायतका काम हुँदै आएकोमा अब कर्जा पनि मोबाइल बैङ्किङमार्फत् दिने व्यवस्था गर्न लागेको हो । ग्राहकले अनलाइनबाट कर्जाको फारम भर्ने र पैसा पनि मोबाइलमा पाउने व्यवस्था हुने उनको भनाइ छ । देशभर बैङ्कका २८० शाखा र १७० ओटा एटीएम छन् ।
सरकारले पनि नगद र चेकबाट कारोबार कम गर्ने योजना ल्याएको छ । सरकारले नगदविहीन कारोबार ९क्यासलेस० गर्न लागेको छ । एटीएम, डेबिट, क्रेडिट कार्ड र रकम ट्रान्सफरबाट भुक्तानी हुने प्रविधि आइसकेको छ ।
५ वर्षअघि ३३ प्रतिशत रहेको इन्टरनेट प्रयोगकर्ता दर गत असारमा ५१ प्रतिशत पुगेको छ । कुल जनसङ्ख्यामध्ये १ करोड ४९ लाख ८२ हजारमा इन्टरनेटको पहुँच पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार २०७५ असारसम्म नेपालमा ५० लाख ८६ हजार जनाले मोबाइल बैङ्किङ सेवा लिएका छन् । त्यसैगरी ८ लाख ३४ हजार जनाले इन्टरनेट बैङ्किङ सेवा लिइरहेका छन् । ५५ लाख ४४ हजार जनाले डेबिट कार्ड लिएका छन् । त्यसैगरी एक लाख ४७ हजार जनाले क्रेडिट कार्ड प्रयोग गर्ने गरेका छन् । ९६ हजार ८१६ जनाले प्रिपेड कार्ड प्रयोग गर्दै आएका छन् ।
मोबाइल बैङ्किङबाट भुक्तानी कारोबार गर्दा एक पटकमा बढीमा ५० हजारसम्म वा प्रतिदिन १५ हजार रुपैयाँसम्म कारोबार गर्न पाइन्छ । त्यसैगरी कारोबारको बिल वा विवरण प्राप्त नहुने अवस्थामा ५० हजार रुपैयाँभन्दा बढी भुक्तानी गर्न नपाइने व्यवस्था छ ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












